शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा आगवागमन र प्रस्तान दुबै तर्फ कर्मचारीका लागि फेसबुक र युट्युव बन्द गरिएको छ ।

केही दिन अघि अध्यागमनका कर्मचारीले कम्प्युटरमा फेसबुक चलाएको फोटो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा फेसबुक र युट्युब बन्द गरिएको विमानस्थल अध्यागमन विभागका निमित्त प्रमुख उद्धवप्रसाद तिमल्सिनाले बताउनुभयो ।

यद्यपी यात्रुहरूका लागि भने कुनै बन्देज नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया