शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – आउँदो सिजनका लागि इंग्लिस प्रिमियर लिगको खेल तालिका आज सार्वजनिक भएको छ । तालिका अनुसार प्रिमियर लिगको उपाधि विजेता लिसेस्टर सिटीले आफ्नो पहिलो खेल नवप्रवेशी हल सिटीसँग खेल्ने छ ।

प्रिमियर लिगको खेल अगस्ट १३ तारिखमा सुरु भएर आउँदो वर्षको मे २१ तारिखमा सकिने छ । पहिलो दिनमा नै आर्सनलले आफ्नो घरेलु मैदानमा लिभरपुलसँग खेल्ने छ ।
प्रशिक्षकका रुपमा पेपे ग्वार्डिओला र जोसे मोरिन्होको भेट १० सेटेम्बरमा हुने छ ।

यो दिन मोरिन्होको म्यानचेष्टर युनाइटेडले आफ्नो घरेलु मैदानमा ग्वार्डिओलाको म्यानचेष्टर सिटीसँग खेल्ने छ ।

EPL

तपाईको प्रतिक्रिया