शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – १२ बैशाखको विनाशकारी भूकम्पले उपत्यकाका अधिकांश परातात्विक महत्वका सम्पदा नष्ट भएका बेला महानगरले रानीपोखरीलाई पर्यटकीय केन्द्र बनाउने अवधारणासहित पुनर्निमाण योजना बनाएको छ ।

r3

राजधानीको मध्यभागमा रहेको रानीपोखरीलाई पर्यटकीय केन्द्र बनाउने गरी महानगरपालिकाले योजना अघि बढाएको हो । भूकम्पबाट क्षतिग्रस्त भएको रानीपोखरीको पुनर्निर्माणका लागि रानीपोखरीको माछा स्थान्तरण गरि पानी सुकाउने काम भईसकेको छ ।

r1

स्थानीयहरु रानीपोखरी करिब ३० फिट बराबर गहिरो रहेको दावी गर्छन् भने सरकारी अधिकारीहरु ७ फिटसम्म गहिरो हुनसक्ने बताउँछन् । अब पोखरीको सबै हिलो निकालेर मात्रै त्यसमा नयाँ पानी भरिनेछ ।

r4

रानीपोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने महानगरको योजना छ । रानीपोखरी पुनर्निर्माणका लागि ६ करोड २९ लाख रुपैयाँमा ठेक्का दिइएको छ ।
करिब ४०० वर्ष पुरानो उक्त रानीपोखरी अब पुरानै शैली झल्कने गरी रानीपोखरी र मन्दिर पुरानै शैली रहने गरि आधुनिक प्रबिधिबाट निर्माण गरिने छ ।

r7

रानीपोखरी तत्कालीन राजा प्रताप मल्लले सन् १६७० मा निर्माण गराएका हुन् । पोखरीमा आवश्यक पानी राजाले नेपाल तथा भारतका पवित्र नदी तथा खोलाहरु जस्तै गोसाईकुण्ड, मुक्तिनाथ, बद्रीनाथ, केदारनाथ लगायतबाट ल्याउन लगाएका थिए ।

r8
काठमाडौ महानगरपालिकाले रानीपोखरीलाई “म्युजिकल वार फाउन्टेन” पार्कको रूपमा स्थापित गर्ने सुन्दर रानीपोखरी मन्दिर भाइटीकासम्म पुनर्निर्माणको काम सकिने गरि पुर्न्निर्माणको काम तिब्र गतिमा भईरहेको छ ।

r9r6

 

भविष्यमा यस्तो बन्दै छ रानीपोखरी

12

तस्बीरः आनन्द पौडेल

तपाईको प्रतिक्रिया