शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौँ – क्रिकेट खेलाडी सङ्घको अध्यक्षमा पवनकुमार अग्रवाल चयन हुनुभएको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का महासचिव हुनुभएको छ ।
क्रिकेट खेलाडीहरुको हक हितमा काम गर्न गठन भएको सङ्घको किर्तिपुरस्थित त्रि वि क्रिकेट मैदानको हलमा शनिवार भएको साधारण सभा भएको थियो ।
साधारण सभाले अग्रवालको अध्यक्षमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ । पूर्व कप्तान विनोद दास र सीता रानामगर उपाध्यक्ष छन् भने
अनिल मण्डल सचिव र पृथु वास्कोटा कोषाध्यक्ष छन् । राजु बस्नेत, शक्ति गौचन, ज्ञानेन्द्र मल्ल, निरा राजोपाध्याय र विनोद भण्डारी सदस्य छन् । नयाँ कार्यसमितिको समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

तपाईको प्रतिक्रिया