शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौँ – अस्ट्रेलियाको ओलिभ आयल ब्रान्डको कम्पनी कोब्राम इस्टेटको जैतुन तेल नेपाली बजारमा आएको छ । नेपालका लागि आधिकारिक बिक्रेता रहेको फ्रेस फुड ट्रेडर्स कम्पनीले उक्त तेल पहिलो पटक नेपाली बजारमा ल्याएको हो ।

कोब्राम इस्टेट ओलिभ तेल दक्षिण एसियामै पहिलो पटक नेपालबाट बिक्री वितरण सुरु गर्न थालिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले विश्वकै गुणस्तरीय जैतुन तेलको नेपाली बजारमा राम्रो सम्भावना रहेकाले यसको प्रवद्र्धन तथा साझेदारीका साथ उत्पादन गर्न पहल गरिनुपर्नेमा जोड दिनुभयो । विदेशी ब्रान्डको बहुउपयोगी तेलको नेपालमा राम्रो बजार भएकाले पहिलो पटक बिक्री वितरण सुरु गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक सुनिल शाहले जानकारी दिनुभयो ।

जैतुन तेल विशेषगरी खाना पकाउन र शरीरमा लगाउन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । स्वास्थ्यको दृष्टिले जैतुन तेल निकै लाभदायी मानिन्छ । खानका लागि यो तेल प्रयोग गर्नाले विभिन्न अर्बुद रोग हुन नदिने, मुटुको रोग कम गर्ने, मोटोपना घटाउने, मधुमेह न्यूनीकरण गर्ने र उच्च रक्तचाप घटाउने लगायतका स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्ने कम्पनीको जिकिर छ ।

तपाईको प्रतिक्रिया