Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

नेपाल घुम्न जान सार्बजनिक अपिल  

टोकियो – गत वर्ष बैशाख १२ को महाभूकम्पबाट नेपालमा उत्पन्न प्राकृतिक बिपत्तिमा मन खोलेर सहयोग गरेको भन्दै आज जापानबासी नेपालीहरुले जापानलाई एकमुष्ट धन्यबाद ज्ञापन गरेका छन् ।
राजधानी टोकियो लगायत जापानको प्रमुख सहरहरुका करिव ५० ठाउँमा नेपालीहरु जम्मा भई उनीहरुले जापानी जनता र जापानी सरकारलाई धन्यबाद ज्ञापन गरेका हुन् । नेपाल जापान कूटनीतिक सम्बन्धको ६० औं वर्षगाँठका अवसरमा यो वर्ष नै गरिने बिभिन्न कार्यक्रमहरु मध्य यो पनि एक भएको बताईएको छ ।  ६यसैबिच टोकियोको सुगिनामी वार्डको आशागायामा भेला भएका नेपालीहरुले अपरान्ह तीन बज्दै गर्दा महाभूकम्पमा परी ज्यान गुमाउने हजारौं नेपालीहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरी धन्यबाद जापान कार्यक्रम सुरु गरेका थिए । तोकिएको १ घण्टा कार्यक्रम अवधिभर उनीहरुले जापानीहरुलाई नेपाल घुम्न जान निमन्त्रणा पत्र बितरण गरेका थिए । सो अवसरमा बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, बिद्यार्थी, शिक्षक-शिक्षिका, पत्रकार, समाजसेवी तथा सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

यसरी नै टोकियोको सिन्जुकु, शिबुया, इकेबुकुरो, कामाता, योकोहामा लगायतका ठाउँहरुमा पनि नेपालीहरुद्वारा धन्यबाद जापान कार्यक्रम भएका छन् ।

यसैबीच शिन्जुकुमा आयोजित कार्यक्रममा जापानका लागि कार्यवाहक नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले महाभूकम्पका बेला जापानले नेपाललाई गरेको सहयोग प्रति आभार ब्यक्त गर्दै सार्बनजिक रुपमा धन्यबाद ज्ञापन गर्न यसप्रकारको कार्यक्रमको आयोजना गरिएको बताए । भूकम्पले गर्दा ठूलो क्षती ब्यहोर्नुपरेको नेपाललाई जापानको सहयोग अझै आवश्यक रहेको बताउँदै कार्यबाहक राजदूत राजभण्डारीले जापानीहरुलाई नेपाल घुम्न गएर सहयोग गर्न निमन्त्रणा गरे ।

शिन्जुकुमा भएको सो कार्यक्रममा कार्यवाहक राजदूत राजभण्डारीका साथै एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्ट, एशिया प्यासिफिक संयोजक किरणबिक्रम थापा, एनआरएन जापानका अध्यक्ष सुदन थापा लगायतका बिशेष ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

जापानमा क्रियाशील संघसंस्थाहरुको सहकार्यमा नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएन जापानको संयुक्त आयोजनामा सो धन्यबाद ज्ञापन कार्यक्रम भएको हो ।

अपरान्ह ३ बजेदेखि ४ बजेसम्म भएको सो कार्यक्रम इवाराकी, नागोया, सिजुओका, निगाता, सेन्दाई, ओसाका, गुन्मा, तोचिगी, फुकुओका, ओकिनावा, नागानो लगायत गरी बिभिन्न ५० ठाउँहरुमा भएका थिए ।

यसप्रकारको कार्यक्रमबाट प्राकृतिक बिपत्तिमा साथ दिएको जापानलाई नेपालले बिशेष धन्यबादसहित नेपाल घुम्न जान दिएको औपचारिक निमन्त्रणाबाट पर्यटन प्रबर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ भने जापान नेपाल बिच रहीआएको सम्बन्ध अझ सुदृढ हुने र पारस्परिक सहयोग आदानप्रदानमा थप बिस्तार हुने बिश्वास गरिएको छ । ***
जापानका बिभिन्न ठाउँहरुमा आइतवार भएका कार्यक्रमका झलकहरु तस्वीरमा :

 

तपाईको प्रतिक्रिया