Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

Japan ma Nepaliटोकियो – जापानमा नेपालीहरुको संख्या बढेसंगै उनीहरुप्रति गरिने ब्यवहारमा देखिनेगरी परिवर्तन आउन थालेको छ जुन पहिले महशुश गर्नुपरेको थिएन ।

पहिलो कुरा त नेपालीहरु अग्रपंत्तिमा रहेर शरणार्थीप्रेमीको परिचय बनाएकोले पनि यस्तो भएको हुन सक्छ । दोस्रो कुरा उनीहरुले देखाएको बिगतको ब्यवहारले गर्दा पनि एक जनाले गर्दा सबै नेपालीलाई असर पर्ने गरेको पाईन्छ । एउटा सामान्य कोठा लिनुपर्दा होस् या कुनै कार्यक्रमका लागि हल बुक गर्दा होस् या ब्यवसायका लागि खाली सटर लिनुपर्दा । हरेक ठाउँमा अहिले नेपालीहरु नेपालीहरुकै कारण थप मर्कामा पर्ने गरेका छन् । नेपालीहरुले जे गर्दा पनि जापानीहरुले ग्यारेन्टर खोज्न थालेपछि नेपालीहरु हैरानीमा पर्न थालेका हुन् ।

बिगत ३८ वर्ष देखि टोकियो सुगामोमा आफ्नै भवनमा अफिस राखेर रियल स्टेट (फुदो सान) चलाउँदै आएका एक जना जापानीको नेपालीहरुप्रतिको दृष्टिकोण र अनुभव यस्तो छ –

सुगामोमा करिव ६० भन्दा बढि कोठा भएको मेरो आफ्नै मेन्शन छ । त्यसबाहेक अन्य ठाउँहरुमा पनि कोठा, अफिस तथा पसल भाडामा लगाउने काम गर्दै आईरहेको लामो अनुभव छ । धेरैजसो बिदेशीहरुलाई लक्षित गरी शियर गरेर बस्न मिल्ने कोठाहरु भएकोले बिदेशी पत्रिकामा छपाईएको बिज्ञापन मार्फत भाडामा बस्ने मान्छेहरु आईरहेकै थिए । पछिल्लो ५, ६ वर्ष यता भने नेपालीहरुको संख्या ह्वाट्टै बढेको र अन्य बिदेशीहरु अलि कम हुँदै गएजस्तो महशुस भएकोले सोधीखोजी गरेर नेपाली मिडियामा बिज्ञापन छपाउने काम भयो । यसअघि पनि भियतनामी, चिनिया, ताइवानी, कोरियन, बर्मीज विद्यार्थीहरु बस्ने गरेकै थिए । नेपाली पत्रिकामा राखिएको विज्ञापनको प्रत्यक्ष प्रभावले नेपाली विद्यार्थीहरुको ओइरो लाग्यो । कि-मनी नलाग्ने सस्तो कोठा भएकोले विद्यार्थीहरु आकर्षित हुनु स्वभाविकै थियो । पुरुष भए पुरुष नै पार्टनर र महिला भए महिला रुम पार्टनर मात्र संगै बस्न मिल्ने, दम्पती वा प्रेमि-प्रेमिका भने बस्न नमिल्ने नियम भएको सो मेन्शनमा एकताका लगभग सबै नेपालीले भरिएका थिए । उनीहरुसंगको संगत बिस्तारै अगाडि बढ्दै जाँदा क्रमशः असहज परिस्थितिहरु सिर्जना हुन थाल्यो, जुन पहिले कहिलै भोग्नुपरेको थिएन । पहिलो कुरा त जो आए पनि बिभिन्न बहानाबाजी गरेर समयमा भाडा नतिर्ने, दोस्रो सरसफाई भनेको पटक्कै नगर्ने अनि फोहोरमैलाको ब्यवस्थापनमा चरम लापर्बाही गर्ने, तेस्रो भाषा नबुझ्ने, बुझे पनि जति भन्दा पनि नटेर्ने, कतिपय कुरामा बुझेर पनि नबुझेजस्तो र कतिपय अवस्थामा भने नबुझेर पनि बुझेजस्तो गर्ने, चौथो चाहेजति होहल्ला जतिबेला पनि आफुखुशी गर्न पाउनुपर्छ र कोठामा जतिबेला पनि साथीहरु लिएर आउन पाउनुपर्छ भन्ने मानसिकता बोकेको पाईयो । उनीहरुको यस प्रकारको सँस्कारलाई बिस्तारै परिवर्तन गर्न सकिन्छ कि भनेर बिभिन्न ढंगले धेरै प्रयास गरियो ।

भाषा जान्ने नेपालीको सहयोग लिएर पटक पटक मिटिङ गरियो, नेपालीमा लेखिएको नियमहरु ढोका ढोकामा टाँसियो, नियम उल्लङ्घन गर्नेलाई हल्का जरिवानाको ब्यवस्था पनि गरियो, ८, १० जनाको ग्रुपमा १ जना लिडर बनाएर लिडरमार्फत नियम पालना गर्न गराउन प्रेरित गरियो । तर प्रयासहरु सबै बिफल भए । झन उनीहरु सबै एकातिर एकढिक्का भएर नेपालतिरको युनियनको झझल्को दिने ब्यवहार गर्न थाले । महिनौदेखिको भाडा रोकिएको भए पनि उल्टै उनीहरुले नै ठूलो स्वर गर्ने, कानमा हेडफोन र अनुहारमा मास्क लगाएर केही कुरा सुन्न तयार नहुने ब्यवहार देखाउन थाले । बिना जानकारी वल्लो कोठाबाट पल्लो कोठामा सर्ने, नयाँ मान्छेहरु फेरिने, पानी, बत्ति र ग्यासको बिल तिर्दै नतिरिदिने जस्ता समस्याहरु झन झन थपिन थाले । जुन नेपालीको कोठामा गए पनि अत्यधिक साङ्ले किरा (गोकीबुरी) हुने तर त्यसको न्युनिकरणमा भने पटक्कै ध्यान नदिने गरेको पाईयो । समस्या अझ विकराल बन्दै जाने देखिएपछि कतिपय बिना सूचना बाँकी भाडा नतिरिकन रातारात कोठा छोडेर गए भने कतिपयलाई १, २ महिनाको बाँकी भाडा मिनाहा गरेर भए पनि कोठा छोड्न आग्रह गरियो । करिव २, ३ महिना लगाएर यसरी बिदाई गर्नुपरेको तीतो अनुभवले अब नेपालीहरुलाई कोठा भाडामा नदिने टुंगोमा पुगेको छु ।

स्वर्णिम भविष्य खोज्दै जापानसम्म आईपुगेका नवजवान विद्यार्थीहरुलाई त्यो उमेरसम्म स्कुल र कलेजमा के सिकाईयो होला ? त्यो भने भेउ पाउन सकिएको छैन । दोष नेपालको शिक्षा पद्धतीको हो कि, नयाँ पुस्ताको हो ? यो अर्को भेउ पाउन नसकिएको अर्को बिषय हो ।

यसैगरी हालैको एउटा ताजा घटना हो । एउटा संस्थाको जिम्मेवार पदाधिकारी आगामी महिनामा एउटा कार्यक्रम गर्ने भनेर बेलाबेलामा नेपालीहरुका कार्यक्रम भईरहने एउटा हलमा फोन गरे । फोनबाटै हल खाली भएको दिन बुक गरियो र जतिसक्दो छिटो रकम बुझाउन आउन भनियो । ढिला नगरिकन दुई दिन पछि ती महोदय अरु दुई जना साथीहरुसहित हलमा पैसा बुझाउन पुगे । निर्धारित समयमा पुगेपछि उता हलका कर्मचारीहरु पनि तीन जना तैनाथ भईसकेका थिए । मानौ कुनै गम्भीर बिषयमा दुई पक्षीय वार्ता हुन गईरहेको छ । जापानीहरु एउटा लहरमा र नेपालीहरु अर्को लहरमा आम्ने साम्ने भएर बसाईयो । हलका इञ्चार्ज कर्मचारीबाट कुराकानी सुरु भयो । उनको जिज्ञासा थियो, कस्तो प्रकृतिको कार्यक्रमका लागि हल चाहिएको हो, कति मान्छे आउने लक्ष छ, स्टेजमा प्रयोग गरिने बाजागाजा के कस्ता हुन्छन, स्टेजमा नृत्य हुन्छ कि हुँदैन, हुन्छ भने कतिजना र कुन उमेर समुहको मान्छे नाच्ने हो लगायत र यसअगाडि उक्त हल प्रयोग गरिएको नगरिएको बारेमा प्रष्ट पार्न भनियो । उनको सोधनीअनुसार सबै बताएपछि उनको चिन्ता रहेछ यसअघि नेपालीले हल प्रयोग गर्दा प्रायः हरेक पटक समस्या हुने गरेको बताए । अझ लगत्तै अघिल्लो कार्यक्रममा त गम्भीर प्रकृतिको त्रुटी भएको भन्दै ती त्रुटीहरुका दृश्य कैद गरिएका फोटाहरु एक एक गरेर देखाउन थाले । त्यति मात्र नभएर समयमा कार्यक्रम सुरु नगर्ने ढिला सुरु गरेर समयमा कार्यक्रम सकिएन भन्दै जबरजस्ती समय थप्न दबाब दिने जस्ता क्रियाकलाप हुने गरेकोले साबिकै बमोजिमको गल्ती हुदैन भन्ने के ग्यारेन्टी छ भनेर कन्भिन्स गराउन लगाए । हल लिने पक्षले यस्तो गल्ती हुन नदिने, केही गरी भएमा नियमअनुसार क्षतीपूर्ती तिर्ने प्रतिबद्धतासहितको कागज गर्न तयार रहेको बताए पनि हल पक्ष सकारात्म बन्न सकेन उल्टै फाईल पल्टाउँदै बिगत १२ वर्षदेखि बिभिन्न समयमा बिभिन्न ब्यक्ति वा संस्थाको नाममा उक्त हल प्रयोग हुँदै आएको र कुनै न कुनै समस्या हुने गरेको जिकिर गर्दै चित्तबुझ्दो जबाफ पाउन नसकेकोले अब उप्रान्त नेपालीलाई हल दिन नसकिने फैसला सुनाए ।

सवाल के भने हल भाडामा दिन नसकिने हो भने दिन नसकिने भनेर बेलैमा कुरो सकाएको भए हुन्थ्यो, दिन मन नभएर पनि हलसम्म बोलाई बोलाई राम्रैसंग पढाउन खोजियो, सचेत बनाउन खोजियो र सक्दो सबै नेपालीलाई शियर गरियोस् भन्ने आशय ब्यक्त गरियो । कसैले गर्दा हामी नेपालीहरुलाई उनीहरुको हेर्ने दृष्टिकोण हामीले नै बिगार्न पुगेका छौं भने हाम्रो स्वाभीमानी नेपाली शीर फेरि निहुरिएको छ । यहाँनेर भन्न खोजिएको के भने बिचरा ती महोदयलाई बेफ्वाँकमा नखाएको बिष लाग्यो । उनले त्यो हलमा पहिलोपटक मात्र पाईला टेके पनि उनका अग्रज नेपालीहरुले उनले समेत सजायँ भोग्नुपर्ने हदको गल्ती गरेर छोडेका थिए । हल त यसै पाएनन् नै, जापानीहरुको लम्बेतान भनाई खानुका साथै स्पष्टिकरण नै दिनुपरयो । एक जना नेपालीले गर्दा सबैलाई हैरानीमा पार्ने गरेको यो त एउटा प्रतिनिधिमुलक घटना मात्र हो ।***

तपाईको प्रतिक्रिया