Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – जापानले बेलायत युरोपियन युनियनबाट बाहिरिए त्यसको नकारात्मक प्रभाव बेलायतसहित विश्वले भोग्नु पर्ने चेतावनी दिएको छ । जी सेभेन राष्ट्रहरुको बैठकमा जापानले ईयुबाट बेलायतको बहिरगमनले युरोपियन युनियनमा गम्भीर नकारात्मक असर पर्ने चेतावनी दिएको हो ।

बैठकमा विश्व अर्थतन्त्रमा देखिएको मन्दी र सुरक्षाको सवालमा पनि गम्भीर छलफल भएको बैठकपछि जारी विज्ञप्तीलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । दुई दिनसम्म चलेको बैठकले विश्व अर्थतन्त्रमा देखिएको गिरावट रोक्न विकास उन्मुख देशहरुको विकास  अभियानलाई पनि संगै अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

पछिल्लो समय देखिएको आप्रबासी समस्या समाधान नभए विश्वसामु अर्को जटिल चुनौती थपिने बैठकको निष्कर्ष छ । बैठकमा जी सेभन समुहमा आबद्ध अमेरिका, जापान, क्यानडा, बेलायत, जर्मन, ईटाली र फ्रान्सका नेताहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया