Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो–जापानको हानेदा विमानस्थलबाट काेरियाको गिन्पो उडान भर्न लागेको वाेइङ ७७७ को जहाज ठूलो दुर्घटना हुन बाट बचेको छ । जहाजको देव्रे पँखेटाबाट धुवाँ निस्किएको थियो । तत्कालै वारूणयन्त्रले जहाजमा हुन लागेको अागलागी  नियन्त्रणमा लिइएको छ । जहाजमा ३०२ यात्रु र १७ जना विमानको कर्मचारी गरी ३१९ जना सवार रहेकाे समाचार छ । यात्रुहरूको सकुसल उद्धार गरिएको छ ।

दिनको १२ बजेर ३८ मिनेटमा उडान भर्न लागेको जहाजमा एक्कासी धुवाँ अाएपछि अाकस्मिक ढोकाबाट यात्रुहरूलाइ सुरक्षित स्थानमा लगिएको थियो ।

विमानको इन्जिनमा अाएको खरावीले उक्त घटना हुन गएको बताइएको छ ।***

तपाईको प्रतिक्रिया