Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

जापान – जी ७ को सम्मेलनमा सहभागि हुन शक्ति राष्ट्रका प्रमुखहरु जापान आएका छन् । दुई दिनसम्म चल्ने जी ७ को सम्मेलन अघि जापानका प्रधानमन्त्री सिन्जो आवेका साथमा अमेरिकी राष्ट्रपति बाराक ओबामा, फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ह्ल्याण्ड, बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन लगायतका शक्ति राष्ट्रका प्रमुखहरु शिन्तो धर्मको पवित्र स्थलको भ्रमण गरेका छन् ।

धार्मिक स्थलको भ्रमणले जापानी नागरिकको आध्यात्मिक अवस्थाको बारेमा जानकारी लिन सकिने प्रधानमन्त्री आवेले जनाउनुभएको छ ।  जी ७ को सम्मेलनमा नेताहरुबीच औद्योगिक देशहरुसँग मिलेर अगाडि बढ्ने विषयमा छलफल केन्द्रित हुने बीबीसीले जनाएको छ ।

यसका साथै विश्वव्यापी आर्थिक स्वच्छताका बारेमा पनि छलफल केन्द्रित हुने बताइएको छ । यसैबीच शुक्रबार अमेरिकी राष्ट्रपति ओबामाले अमेरिकी आक्रमणबाट ध्वस्त भएको हिरोसिमाको भ्रमण गर्ने कार्यक्रम छ । – एजेन्सी

तपाईको प्रतिक्रिया