हट नायिका सुष्मा आउँदै
टोकियो – जापानको तोचिगी केनमा तोचिगी समर म्यूजिकल सो–२०१६ को आयोजना हुने भएको छ । कार्यक्रम व्यवसायी राम थापाको आयोजनामा यहि मे २९ तारिक आईतबारको दिन हुन लागेको हो ।
संगीत र नृत्य दुवै प्रस्तुति रहने यस सोका लागि नेपालबाट गायकद्वय भरत सिटौला र विजय लामा तथा नायिका सुष्मा कार्कीको टोली जापान आउँदैछन् । ‘अचानक’ ‘कहिले आगो’ ‘बैंसमा’ लगायत चर्चित गीत गाएका गायक भरत सिटौला, ‘नखानु पानी तोङबाको’, ‘ऋणकार्टी रुमाल’ ‘नेपाली हुँ म’ लगायत गीत गाएका गायक बिजय लामा जापान आउने भएका हुन् । जापान आउने टोलीमा नायिका सुश्मा कार्की पनि हुनुहुन्छ । उहाँ नेपाली चलचित्रकी चर्चित र हट नायिकाका रुपमा चिनिनु हुन्छ ।
तोचिगीपछि १० जुनमा फुकुओकामा पनि सांगीतिक कार्यक्रम रहेको गायक भरत सिटौलाले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया