Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो– शान्तिका अग्रदूत भगवान गौतम बुद्धका २५ सय ६०औं जन्मजयन्ती आइतबार टोकियोमा पनि मनाइएको छ । नेपाल आदिबासी जनजाती महासंघ, जापानको आयोजनामा टोकियोस्थित निप्पोन म्योहोउजीमा सम्पन्न समारोहमा विश्वशान्तिको कामनासहित गुम्बाका गुरुबाट बिशेष पूजाआजा गरिएको थियो ।

कार्यक्रम संयोजक हवलचन्द्र लामाले समारोहमा उपस्थित जापानबासी नेपाली तथा जापानी नागरिकहरुलाई स्वागत गर्दै देशमा शान्ति स्थापनाका लागि प्रवासमा रहेका नेपालीहरुको एकता र सद्धभावको आवश्यकता रहेको बताउनुभयो ।

त्यस्तै महासंघका अध्यक्ष पासाङ शेर्पाले हामी नेपालीहरु नै बुद्धको प्रचारप्रसारमा अग्रसर नदेखिएकाले भारत लगायत अन्य मुलुकहरुलाई बुद्ध र उनको जन्मस्थल लुम्बिनी बारे भ्रामक प्रचार गर्न फाइदा पुगेको बताउनुभयो । उहांले भन्नुभयो ’ -अब पनि हामी देशविदेशबाट शान्तिका अग्रदूत भगवान गौतम बुद्ध र लुम्बिनी बारे प्रचारप्रसारमा सचेत भई अगाडि बढेनौं भने हाम्रो पहिचान गुम्ने खतरा छ ।’

समारोहमा गुम्बाका गुरुआमाबाट महासंघलाई बुद्धको मुर्ती उपहार प्रदान गरिएको थियो । साथै समारोहमा एनआरएन जापानका सचिब बुद्धिराज घिमिरे, सल्लाहकार शरद गौचन, आईसीसी सदस्य ओम गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

जापानमा क्रियाशिल संस्थाहरु तमु धी जपान, शेर्पा संघ, मगर संघ, थकाली सेवा समिति, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्या, नेपाल तामाङ समाज, मनाङ सोसाईटी, नेवाः जागरण मञ्चको सहकार्यमा सम्पन्न समारोहमा प्रायोजक पदम गुरुङले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए । ***

तपाईको प्रतिक्रिया