शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – विभिन्न अर्थशास्त्रीले सरकारलाई ठूलो आकारको बजेट नल्याउन सुझाव दिनुभएको छ । रिपोर्टर्स क्लबद्वारा आज राजधानीमा आयोजित साक्षात्कारमा उहाँहरुले सरकारले विकास बजेट खर्च गर्न नसकेको बताउँदै सरकारको वर्तमान कदमले देशको आर्थिक विकास हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा अर्थशास्त्री रामेश्वर खनालले आत्मनिर्भर तथा निर्यातमुखी सोच राखेर सरकार अघि बढ्नुपर्नेमा जोड दिँदै सरकारसँग बजेट खर्च गर्ने सामथ्र्य छैन भने ठूलो आकारको बजेट ल्याउनु हुँदैन भन्नुभयो । उहाँले निर्माण र आधारशिला तयार गर्ने खालको मध्यम बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो ।
अर्थशास्त्री डा मदन दाहालले हाल नेपालको विदेशी परनिर्भरता बढ्दै गएको तथा आन्तरिक र बाह्य लगानी आकर्षित हुन नसकेकाले अर्थतन्त्र जोखिममा परेको बताउँदै भारत र चीनको बजारलाई उपयोग गर्ने रणनीति सरकारले बनाउनुपर्ने सल्लाह दिनुभयो ।

तपाईको प्रतिक्रिया