Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

लुम्बिनी – २५६० औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस नजिकिँदै गर्दा यस क्षेत्रको शान्ति सुरक्षा व्यवस्था कडा बनाउनुका साथै अन्य तयारी पनि तीव्र पारिएको छ ।
क्षेत्रीय प्रशासन कार्यालय पोखराका प्रमुख क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइराला र क्षेत्रीय प्रहरी प्रमुखसहितको सुरक्षा प्रमुखको टोली पनि लुम्बिनीमै खटिनु भएको छ ।

बुद्ध जयन्ती आउन तीन दिनमात्रै बाँकी रहँदा लुम्बिनीमा आयोजना गरिएको बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी तथा सुरक्षा प्रबन्ध मिलाउन लुम्बिनी आउनुभएका क्षेत्रीय प्रशासक कोइराला बुद्ध जयन्ती सम्पन्न नहुँदासम्म लुम्बिनी मै बस्ने कार्यक्रम रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गइरहेको बुद्ध जयन्ती तथा लुम्बिनी दिवसलाई सफल पार्नका लागि उहाँसहित क्षेत्रीयस्तरबाट सुरक्षा प्रमुखको टिम लुम्बिनीमा आएको हो ।

तपाईको प्रतिक्रिया