Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – एक लाख रुपैयाँ ठगी गरेको आरोपमा भृकुटीमण्डपमा रहेको उपभोक्ता मञ्च नेपालको कार्यालयबाट एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
उपभोक्ता मञ्च नेपालको कार्यालयमा एक लाख घुस लिँदै गर्दा प्रहरीले मञ्चका केन्द्रिय सदस्य रोशन पोखरेललाई पक्राउ गरेको हो ।
ठमेलका ४४ वर्षे पोखरेलले जोनसन एण्ड जोनसन ब्राण्डका सामानहरुमा विभिन्न समस्या आएको भन्दै खिचापोखरीस्थित जोनसन ब्राण्डको ओभरसिज मार्के्टिङ नेपालमा फोन गरी छापा मार्ने धम्की दिएका थिए ।
तीन लाख दिए छापा नमार्ने भन्दै उनले पैसा नदिए कम्पनी नै बन्द गर्ने धम्की दिएको प्रहरीले जनाएको छ । कम्पनीका सञ्चालक पवन अग्रवालले तीन लाख दिने भन्दै पहिला एक लाख दिने बताउनुभएको थियो ।
पोखरेलकै कार्यालयमा गएर अग्रवालले बुधबार एक लाख दिँदै गर्दा प्रहरी उनलाई  पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले एक लाख रुपैयाँ, एउटा सामसुङ मोबाइल र परिचयपत्र पक्रेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया