Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

महोत्तरी – महोत्तरीको बनोटामा एक महिलाले आफ्नो शरीरमाथि मट्टीतले खन्याएर आगो लगाउँदा मृत्यु भएको छ । घरायसी तनावका कारण बनौटा ४ बस्ने ज्योति झाले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाउँदा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन गुमाएकी झाले यस अघि पनि दुई पटक आफ्नो शरीरमा मट्टितेल खन्याएर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।

बनौटा ४ का राजीव झाकी २३ वर्षिय श्रीमती ज्योतिले लामो समयदेखि चल्दै आएको घरायसी तनावका कारण आफ्नै शरीरमा मटितेल खन्याएर आगो लगाएपछि उहाँ घाइते हुनुभएको थियो उहाँको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया