Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

रसुवा – रसुवाको चिलिमेबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाकु गाविस ३ घर भई हाल धुन्चे स्थित विस्थापित क्याप्पमा बस्दै आएका १९ वर्षका विवराम तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।
बा २ ख ८४२१ नम्बरको बसमा यात्राको क्रममा एक्कासी ढोकाबाट हाम्फाल्दा पछाडीको चक्काले किचेको प्रहरीले बताएको छ ।
घाइते भएका तामाङको जिल्ला अस्पताल धुन्चेमा उपचारको क्रममा ज्यान गएको प्रहरी नायव उपरिक्षक अवदेश विष्टले बताउनु भयो । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया