Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – गुल्मी जिल्लाको अर्लाङकोटबासीहरुको संस्था अर्लाङकोट समाज जापानको प्रथम साधारण सभा सोमबार टोकियोमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष टिकाराम खरेलको सभापतित्वमा भएको साधारण सभामा संस्थाका सचिव गोपाल सापकोटाले वार्षिक कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष भुवन सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
Arlangkotसमाजका सदस्य रामप्रसाद खरेलको स्वागत मन्तव्यबाट सुरु भएको सो सभामा प्रमुख अतिथि एनआरएन आईसीसीका सदस्य समेत रहनुभएका समाजका संस्थापक संरक्षक तुलसीराम खरेल, एनआरएन जापानका सल्लाहकार तथा समाजका संस्थापक संरक्षक डिलाराम खरेल, वामी सेवा समिती जापानका बरिष्ठ सल्लाहकार रोशन केसी, गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी, एनआरएन जापान तोकाई होकुरिकुका संयोजक रामप्रसाद खरेल, उपसंयोजक अर्जुन केसी, जनकल्याणकारी संस्था जापानका अध्यक्ष हरिप्रसाद खराल, बरिष्ठ उपाध्यक्ष अर्जुन कंडेल, काँडेबास सेवा समाज जापानका सचिव टिकाराम शर्मा, सल्लाहकारहरु क्रमशः भागिरथ सापकोटा, रामबहादुर केसी लगायतका ब्यक्तिहरुको बिशेष उपस्थिति र शुभकामना मन्तब्य रहेको थियो ।

सभामा समाजको विविध विषयमा छलफल पनि गरिएको थियो । साधारण सभामा समाजका सचिब गोपाल सापकोटा र सदस्य युवराज खरेलको संयुक्त सञ्चालन रहेको थियो । ***

तपाईको प्रतिक्रिया