काठमाडौं – लगातार दुई दिन सिंहदरबार घेराउ गरेको संघीय गठबन्धनले भोली बालुवाटार घेराऊ गर्ने भएको छ ।
सिहंदरबार घेराउ क्रममा माइतीघर मण्डला र हनुमानस्थानमा धर्ना दिएको गठबन्धनले भोली बिहान १० बजे प्रधानमन्त्री निवास वालुवाटार घेर्ने निर्णय गरेको छ ।
आन्दोलनको स्वरुप र स्थान परिवर्तन गर्ने क्रममा सिंहदरबारपछि बालुवाटार घेर्ने लागेको गठबन्धनका नेताहरुले बताएका छन् ।
माग सम्बोधन गराउन प्रधानमन्त्री केपी ओलीमाथि प्रत्यक्ष र प्रभावकारी दबाव दिन गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरु प्रधानमन्त्री निवास वालुवाटार घेराउमा जाने गठबन्धनले जनाएको छ ।
असोज ३ गते संविधानसभाबाट संविधान जारी संविधानमा व्यवस्था भएको प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै २९ दल आन्दोलनरत छन् ।
तपाईको प्रतिक्रिया