Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

बनेपा – सम्बन्धबिच्छेद गरेको दुई दिनपछि पूर्व श्रीमतीले दोहोरो नागरिकता र राहादानी लिएको उजुरी दिएपछि काभ्रेपलाञ्चोकका एक युवाले प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको महाकालचौर गाविस–९ बस्ने ३६ वर्षीय दीपक थापाले काभ्रेपलाञ्चोक र काठमाडौंबाट वैदेशिक रोजगारीमा जाँदा उमेर घटाएर र वास्तविक उमेरमा दुईवटा नागरिकता र राहदानी बनाएकाले उनलाई काठमाडौँंमा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, धुलिखेल पठाएको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।
श्रीमती सम्झना थापाले दीपकसँग काठमाडौँं जिल्ला अदालतमा २०७२ चैत २८ गते सम्बन्धबिच्छेद गर्दै चैत ३० गते नै उनीविरुद्ध दोहोरो नागरिकता र राहदानी लिएको उजुरी प्रहरीमा दर्ता गराउनुभएको थियो ।
वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा रहेका दीपक सम्बन्धबिच्छेद हुनु १७ दिनअघि मात्रै नेपाल फर्केका फर्कनुभएको थियो ।
दीपकले २०५१ वैशाख १२ गते काठमाडाँैं जिल्ला प्रशासन कार्यालयबाट र २०५८ असार १० गते जिल्ला प्रसासन कार्यालय, काभ्रेपलाञ्चोकबाट नागरिकता र राहदानी बनाएको प्रहरीले जनाएको छ ।
जिप्रका, धुलिखेलका प्रनाउ नवीनराज राईले उनलाई कीर्ते नागरिकतासम्बन्धी मुद्दा चलाइने बताउनुभयो । बहुविवाहको मुद्दा टुङ्गो लागेपछि दोहोरो नागरिकता लिएको आरोपमा वैशाख १५ गते काठमाडाँैं प्रहरीले जिप्रका धुलिखेल पठाएको थियो ।

तपाईको प्रतिक्रिया