काठमाडौं – नेपालको ग्रेट हिमालय क्रिकेट एकेडेमी जिएचसीए र बंगलादेशको बंगलादेश करीरा शिक्खा प्रतिष्ठान बीकेएसपीबीच १७ वर्ष मुनिको क्रिकेट खेल हुने भएको छ ।
बंगलादेशको ढाकामा हुने खेल पाँच एकदिवसीय फरम्याटमा हुनेछ ।
प्रतियोगिता जेठ ६ देखि १३ गतेसम्म चल्ने छ । सहभागी हुने खेलाडीलाई आजै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले विदाई गर्नुभयो ।
विशालबाबु अधिकारीको कप्तानीमा रहेको १६ खेलाडीहरु सहित ३ जना व्यवस्थापकको टोली भोली बंगलादेश प्रस्थान गर्ने ग्रेट हिमालय क्रिकेट एकेडेमीले जनाएको छ ।
बंगलादेशका राष्ट्रिय खेलाडी उत्पादन गर्ने गरेको बीकेएसपीसँग पाँच एकदिवसीय खेल खेल्न पाउनु नेपाली युवा खेलाडीका लागि महत्वपूर्ण अवशर भएको कप्तान खड्काको भनाई छ ।
सकिव अल हसन, मुशाफिकर हरेमान तथा नसिर हुसेन जस्ता बंगलादेशका राष्ट्रिय खेलाडीले बीकेएसपी क्लबबाटै क्रिकेट खेल्न सुरु गरेका थिए ।