Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमले उपत्यकाको अधिकांश ठाउँमा अहिले सवारी जाम छ । सिहंदरबार आसपास भएर चल्ने सवारी साधनको आवामगन यतिबेला पूर्ण रुपमा प्रभावित भएको छ ।
पद्मोदय मोडबाट सिंहदरबार हुँदै माइतीघर जाने सवारी साधनलाई पद्मोदय मोडबाट रोकिएको छ । यस्तै तीनकुनेबाट नयाँबानेश्वर हुँदै माइतीघर आउने सवारी साधनलाई नयाँबानेश्वर चोकबाटै डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । पद्मोदयबाट अनामनगर हुँदै हनुमास्थान तर्फ जाने सवारी साधनलाई बासँघारी मोडबाटै डाइभर्सन गरिएको छ । यस्तै नयाँ बानेश्वर पानी ट्यांकीबाट थापागाउँ हुँदै हनुमानस्थन आउने सवारी साधनलाई नयाँ बानेश्वरबाटै डाइभर्सन गरिएको छ। कालीमाटीबाट त्रिपुरेश्वर हुँदै थापाथली आउने सवारी साधनलाई त्रिपुरेश्वरबाट डाइभर्सन गरिएको छ ।
यस्तै कुपण्डोलबाट थापाथली, त्रिपुरेश्वर जाने सवारीलाई कुपण्डोलमै डाइभर्सन गरिएको छ।

सवारी जाम भएका क्षेत्रहरू

  • कोटेश्वरबाट तीनकुने हुँदै नयाँ वानेश्वर आउने सडक-खण्ड
  • नयाँ बानेश्वर-माइतीघर सडक खण्ड
  • पुल्चोकबाट-कुपण्डोलहुँदै-थापाथली जाने सवारी
  • कालिमाटीबाट त्रिपुरेश्वर् हुँदै रत्नपार्क जाने सवारी
  • कालिमाटीबाट त्रिपुरेश्वर हुँदै थापाथली जाने सवारी
  • कृष्ण पाउरोटीबाट पुतलीसडक जाने सवारी
  • रत्नपार्कबाट पद्मोदय मोड हुँदै जाने सवारी
  • घट्टेकुलोबाट अनामनगर जाने सवारी
  • पुरानो बानेश्वरबाट नयाँ बानेश्वर जाने सवारी
  • नयाँ बानेश्वरबाट शंखमुल जाने सवारी
  • सोह्रखुट्टेबाट ठमेल हुँदै रत्नपार्क जाने सवारी
  • लाजिम्पाटहुँदै रत्नपार्क आउने सवारी जाम रहेको महाशाखाले जनाएको छ।
तपाईको प्रतिक्रिया