Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौ–आदिवासीको उत्थानसम्बन्धी विभिन्न कार्यक्रममध्ये गरिबी निवारण कोषद्वारा सञ्चालित कार्यक्रम निकै प्रभावकारी रहेको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकले संसारभर सञ्चालन गरेका कार्यक्रमको मूल्याङ्कनका आधारमा हालै आफ्नो वेभसाइटमा प्रकाशित आलेखमा नेपालमा कोषले सञ्चालन गरेको गरिबी निवारण कार्यक्रमबाट आदिवासीका बासिन्दा बढी लाभान्वित भएको देखाएको छ ।
बैंकले सन् २०१४ मा गरेको एक अध्ययनलाई आधार मान्दै आदिवासी समुदायमा कोषको कार्यक्रमबाट झन्डै १८.५ प्रतिशत गरिबीको दर कम भएको देखिन्छ ।
कोषको कार्यक्रमबाट लाभान्वित करिब सात लाख घरधुरीमध्ये एक तिहाइभन्दा बढी अदिवासी जनजातिका परिवार रहेको कोषका कार्यकारी निर्देशक नहकुल केसीले जानकारी दिनुभयो ।
कोषबाट सञ्चालित कार्यक्रम सामुदायिक संस्थामार्फत कार्यान्वयन हुने र ती संस्थाको अध्यक्ष दलित, आदिवासी, जनजाति र महिला नै हुनुपर्ने व्यवस्था छ ।
नेपाल सरकार र विश्व बैंकको सहयोगमा हाल कोषले देशका ५५ जिल्लामा आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया