Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो-जापानको टोकियोमा हालै सम्पन्न एक सुमो प्रतियोगितामा एभरेष्ट इन्टरनेशनल स्कुलमा कक्षा ६ मा अध्ययनरत इमान श्रेष्ठले दाेस्राे स्थान हासिल गरेका छन् । कक्षा ६ समूहका २१ जना प्रतियोगीबीचबाट उनी फाइनलमा पुगेका थिए । त्यसो त कुनै पनि तालिम बिना नै उनले यो उपलब्धी हात पारेका हुन् । उनले फाइनल खेलमा गत वर्षको कक्षा ५ समूहका बिजेता ओकिइ लाओसंग प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी एभरेष्ट इन्टरनेशनल स्कुलकै कक्षा ६ मा अध्ययनरत प्रिङ्का खत्रीले पनि उत्कृष्ट खेल खेलेबापत विशेष पुरस्कार हात पार्न सफल भइन । उक्त प्रतियोगितामा प्रथम हुनेले सम्बन्धित सिटीको प्रतिनिधित्व गर्दै अन्तरसिटी प्रतियोगितामा भाग लिन पाउने छ ।

सुगिनामी कुको सुमो अायोजक समितिद्वारा अायोजना गरिएकाे ४० औं वानपाकु सुमो प्रतियोगितामा जापानी र विदेशी विद्यार्थी गरी ३५० जना सहभागी भएका थिए, जसमा एभरेष्ट स्कुलका कक्षा ३ देखि ६ सम्मका २० जना विद्यार्थीहरूले भाग लिएका थिए ।

एभरेष्ट इन्टरनेशनल स्कुलका अन्य प्रतियोगिहरुले पनि प्रतियोगितामा अनुशासित खेल खेलेर दर्शकको मन जितेका थिए । जापानको राष्ट्रिय  खेल सुमोमा जापानी तथा अन्य बिदेशी प्रतियोगीहरुसंग खेल्न पाउदा नेपाली बिध्यार्थीहरु अत्यन्त उत्साहित भएका थिए ।

सो कार्यक्रममा एभरेष्ट इन्टरनेसनल स्कुलका बिध्यार्थीहरु सुगम गिरी, शैलेसा अधिकारी, एल्सन काप्री र आर्यन बास्तोलाले नेपाली नृत्य  प्रस्तुत गरेर प्रतियोगीहरु तथा उपस्थित दर्शकहरुलाई मनोरन्जन प्रदान दिएका थिए । कार्यक्रममा एभरेष्ट इन्टरनेसनल स्कुलका विद्यार्थी, अभिभावक, शिक्षक-शिक्षिका, व्यवस्थापन समितिका सदस्यहरु र नेपाली दर्शकहरुको उल्लेख्य उपस्थिति रहेकाे थियो ।

‘इमान श्रेष्ठ र प्रिन्का खत्रीको उपलब्धीले अवसर र उचित वातावरण पाएमा नेपालीहरुले जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सक्दछन भन्ने प्रमाणित भएको छ’-एभरेष्ट स्कुल सञ्चालक समितिका अध्यक्ष डा. भूपालमान श्रेष्ठले भन्नुभयो । त्यसैगरी एभरेष्ट इन्टरनेसनल स्कुलले यथासक्य छिटो उचित पुर्वाधर सहितको विद्यालय भवनको व्यवस्था गरेर आफ्ना बिद्यार्थीहरूलाई पठनपाठन, खेलकूद र अतिरिक्त क्रियाकलापहरुमा समयसापेक्ष्य अवसरहरु प्रदान गर्ने लक्ष्य लिएको स्कुलका प्रिन्सिपल प्रदिप थापाले समुद्रपारिलाई बताउनुभयो ।

जापानमा नेपालीहरूद्वारा संचालित एभरेष्ट इन्टरनेशनल स्कुलमा हाल कक्षा नर्सरीदेखि कक्षा ६ सम्म अध्ययान अध्यापन भइरहेको छ ।***

Everest9 Everest8 Everest7 Everest6 Everest5 Everest4 Everest3 Everest1

तपाईको प्रतिक्रिया