Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – किसानको समस्या समाधान गरी मुलुकको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनका लागि तत्काल किसान आयोग गठन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)ले आइतबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा किसानका हकअधिकारका सुनिश्चित गर्न सो आयोग अत्यावश्यक रहेको जानकारी गराइयो ।
महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले सरकारलाई किसानको समस्या समाधान गर्न, समयै रासायनिक मल बीउ तथा कृषि औजार उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“हाम्रो अवस्थाको पहिचान गरी किसानका हकअधिकारका सुनिश्चित गरेर समस्या समाधान गर्न आग्रह गछौँ । जुनसुकै पार्टीका मन्त्री भए पनि सरकारले किसानका माग सुनेन भने सङ्घर्षमा जानुको विकल्प रहँदैन ।”
महासङ्घले सशस्त्र द्वन्द्वको समयमा तत्कालीन जनसत्ताले रजिस्ट्रेसन पास गरेको जग्गालाई मान्यता दिई किसानको व्यावहारिक समस्या समाधान गर्न पनि माग गरेको छ । कृषि मन्त्रालयले केही समय अगाडि जारी गरेका २७ बुँदे प्रतिबद्धता र दीर्घकालीन कृषि विकास रणनीतिमा व्यवस्था भएबमोजिम राष्ट्रिय किसान आयोग गठनसहित किसान परिचयपत्र, पेन्सनको व्यवस्था, पकेट क्षेत्रको अवधारणा तथा कृषि क्षेत्रका सबै निकायमा किसानका प्रतिनिधित्वलगायतका विषयलाई तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।
यस्तै संविधानमा व्यवस्था भएअनुसार भूमिसुधार लागू गर्न, मौलिक अधिकारमा रहेको खाद्य अधिकारकार सहितको खाद्य सम्प्रभूता कायम गर्न पनि माग गरिएको महासङ्घका सचिव नहेन्द्र खड्काले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया