टोकियो – नेपाल आदिवासी जनजाति महासंघ जापानले गरेको प्रथम संयुक्त ल्होसार साँझमा ४५ लाख ४७ हजार संकलन भएको छ । त्यसतै २१ लाख २७ हजार ९ सय ३१ खर्च भएकाे आयोजकले जनाएका छन् ।
प्रथम संयुक्त ल्होसार साँझमा २०१६ को समिक्षा सहित आय ब्यय सार्वजनिक गर्ने क्रममा २४ लाख १९ हजार सात सय ६९ येन बचत रहेको नेफिन जापानका कोषाध्यक्ष सोम माया गुरुङले जानकारी दिनुभयो । आईतवार सम्पन्न कार्यसमितिको बैठकले ल्होसारको आम्दानी खर्च सार्वजनिक गरेको हो । बचेको रकम भूकम्पबाट प्रभावित बालबालिकाहरुको शिक्षामा अभिवृद्धिमा खर्च गर्ने जनाएको छ ।
भूकम्पबाट प्रभावित बालबालिकाहरुको शिक्षाको लागि इलाईब्रेरी स्थापना गर्ने, विद्यालय भवनको जस्तापाता लगायतको लागि ५ लाख रुपैया भूकम्पबाट प्रभावित विद्यालयलाई सहयोग गर्ने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रको भेलालाई ५० हजार रुपैया सहयोग गर्ने नेफिन जापानका अध्यक्ष पासाङ शेर्पा जानकारी दिनुभयो ।
ल्होसार साँझको लागि लोक गायक मिलन लामा लगाएत कलाकारहरु प्रताप लामा, गायिका विष्णु चेम्जोङ लिम्बू, लोक गायिका कोपिला गुरुङ जापान आउनुभएकाे थियाे । ***