भूकम्पबारे विशेष सेसन
टोकियो – जापानमा रहेका नेपाली इन्जिनयरहरूको संस्था नेप्लिज इन्जिनियर्स एसोसियसन, जापान र नेपाली विद्यार्थी समाज जापानको संयुक्त आयोजनामा यही जुन १८ तारिक शनिबार टोकियोमा एक दिने सिम्पोजियमको आयोजना हुने भएको छ।
कार्यक्रमको नारा भने ‘प्रविधि तथा विकास नीति’ रहेको छ । यसका लागि डा. वेद काफ्लेको संयोजकत्वमा ८ सदस्यीय आयोजक समिति गठन भएको छ । जापानमा रहेर विविध विषयमा अध्ययन अनुसन्धान गरिरहेका नेपाली विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले आआफ्नो अध्ययन अनुसन्धानका बारेमा यस कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्न पाउने छन् । कार्यक्रममा भूकम्प सम्बन्धी विशेष सेसन समेत हुने जनाइएको छ । जसमा नेपालको गतवर्षको भूकम्पलगायत अन्य भूकम्प तथा भूकम्प प्रतिरोधी विज्ञान तथा प्रविधिहरूका बारेमा कार्यपत्रहरू प्रस्तुत हुनेछन् ।
यस सिम्पोजियममा आफ्नो कार्यपत्र प्रस्तुत गर्नको लागि सरोकार राख्ने व्यक्तिहरुलाई आग्रह समेत गरिएको छ । छानिएका कार्यपत्रहरू मात्रै सिम्पोजियममा प्रस्तुत हुनेछन् । जसको सूचना जुन ६ तारिकमा प्रस्तुतकर्ताले पाउने बताइएको छ । नेपाली समुदायले जापानमा गरिरहेका अध्ययन अनुसन्धानबारेमा बुझ्ने मौका साथै अन्तर्क्रिया समेत हुने हुनाले यस कार्यक्रममा सहभागीता जनाउन जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आयोजक समितिले अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया