Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

सेमिनारमा भाग लिई लाभ उठाउन नेपाली समुदायमा अपिल

Winwin 1टोकियो – जापानमा ब्यवसाय गर्दै आएका र ब्यवसाय गर्ने मनस्थितिमा रहेका नेपाली तथा बिदेशीहरुलाई लक्षित गरी टोकियोमा एक ब्यवसायिक सेमिनार हुने भएको छ ।

यहि मे महिनाको २२ तारिख हुने सो सेमिनारमा बिभिन्न बिषयका बिषयगत ज्ञाताहरु परामर्शदाताकारुपमा उपस्थिति रहने भएको छ । जसअनुसार कानुन सम्बन्धी, कर सम्बन्धी, रियल स्टेट (फुदोसान) सम्बन्धी, विज्ञापन सम्बन्धी, ब्यवसाय सम्बन्धी ज्ञाताहरुले परामर्श सेवा दिने भएका छन् ।

जापानमा पहिलोचोटी हुन लागेको यसप्रकारको निःशुल्क परामर्श सेमिनारमा भाग लिई लाभ उठाउन आयोजक (बिजनेश क्लव वीन वीन) ले नेपाली समुदायमा अपिल गरेको छ ।

सिन्जुकु सानचोमेस्थित हेलो रेन्टल कल्फेरेन्श रुममा उक्त दिनको अपरान्ह २ बजेदेखि ५ बजेसम्म हुने सो बिजनेश सेमिनारमा भाग लिन चाहने इच्छुकहरुले नाम दर्ता गराई आफ्नो स्थान सुरक्षित गर्न पनि अनुरोध गरिएको छ ।

जापानमा क्रियाशील संघसंस्थाहरुको ध्यान केवल नेपालबाट कलाकर जापान ल्याएर नाचगान, रमझम र मनोरञ्जन गराउनमा मात्र केन्द्रित भईरहेको बेला ब्यवसायिक सफलताका लागि ध्यान दिनुपर्ने पर्ने ब्यवहारिक परामर्श दिलाउने र नेपालीहरुलाई ब्यवसायिक उत्प्रेरणा जगाउने उद्देश्यले यसप्रकारको सेमिनारको आयोजना गरिएको आयोजक वीन वीनले जनाएको छ ।

ब्यवसायिक सफलता हासिल गर्न सेमिनार उपयोगी सिद्ध हुने अपेक्षा गरिएको आयोजक स्रोतले जनाएको छ ।***
Winwin

तपाईको प्रतिक्रिया