Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

‘नेपालका नेताहरुलाई ओफुरोमा थुन्नुपर्छ’ – मुन्द्रे
‘उहिलेका जिजुबाजे ऋषिमुनि, अहिलेका युवाजति शिशीमुनि’ – गायिका अमात्य 

12टोकियो – ’बिहान उठ्ने बितिक्कै हिमाल देख्न पाईयोस्, जहाँ जहाँ जाउँ नेपाल भन्न पाईयोस, नेपाली भेट्न पाईयोस्’ भन्ने राष्ट्रियभावले ओतप्रोत गीत सुमधुर स्वरमा गाउँदै जब गायक रामकृष्ण ढकाल स्टेजमा झुल्किए दर्शकहरुले तालीले स्वागत गरे । एकपछि अर्को गर्दै ढकालले गाउँदै गए, गाउँदै गए दर्शकहरु पनि मन्त्रमुग्ध हुँदै उनका भावुक गीतहरुमा साथ दिदैं गए । यसरी नै उनले जिन्दगीले कहाँ पुर्‍यायो….., मन पराउने हजार हुन्छन्….., माया गर्नेको चोखो माया पनि देखियो ….., एउटा मान्छेको मायाले कति ….., ओराली लागेको हरिणको चाल भयो ….., पहाडको छुकछुके रेल ….., हिरा काट्ने हिरामै राखेर….., सेतीखोला झरौंला…..लगायतका करिव दर्जन जति बहुचर्चित गीतहरु गाए, सबै गीतहरुमा दर्शकहरुले उत्तिकै साथ दिईरहे ।
https://www.facebook.com/tokyorodhiclub/videos/1069886929738449/

टोकियोमा हुने अधिकाँश साँगीतिक कार्यक्रमहरुमा झैं न त त्यहाँ पत्यांईलाग्दो भाषण थियो, न त आसन ग्रहण र ब्याच वितरण नै, सिधै कलाकार स्टेजमा झुल्किए कार्यक्रमका बारेमा थोरै प्रकाश पार्दै फटाफट कार्यक्रम सुरु भयो । आइतवार टोकियोमा भएको साकुरा नाइट कार्यक्रमलाई नयाँपन दिने एउटा प्रयास थियो त्यो ।

https://www.facebook.com/tokyorodhiclub/videos/1069843369742805/
बाल कलाकार दिब्य नेपालको नृत्यबाट सुरु भएको साकुरा नाइटमा नेपालबाट आमन्त्रित कलाकारहरु हिमाल सागर, जितु नेपाल (मुन्द्रे), मिलन अमात्य र रामकृष्ण ढकालको बेजोडको प्रस्तुती रह्यो । कार्यक्रममा जापानमै रहेका गायक तथा सर्जक रामकृष्णबम मल्लले पनि आफ्नो साँगीतिक प्रस्तुतीमार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।
https://www.facebook.com/tokyorodhiclub/videos/1069879376405871/

हास्य कलाकार जितु नेपालले नेपाली समाजमा विद्यमान सामाजिक, राजनैतिक तथा साँस्कृतिक विकृतिप्रति तिखो ब्यङ्ग्य प्रहार गर्दै दर्शकहरुलाई पेट मिचीमिची हसाँए । उनले देशमा बिकास हुन नसक्नुमा नेपालका नेताहरु प्रमुख दोषी रहेको भन्दै उनीहरु देशभित्रै रहेसम्म किमार्थ नेपाल बन्न नसक्ने भएकोले ब्यङ्ग्यात्मक शैलीमा नेताहरुलाई देशनिकाला गरिनुपर्ने बताए । उनीहरुलाई यतै जापान बोलाएर दशौं वर्षसम्म ओफुरोमा थुनेर राख्नुपर्ने र साँच्चिकै मुलुक बनाउन सक्ने सक्षम युवाहरुलाई देश बनाउन जिम्मा लगाउनुपर्ने तर्क गरे । यसैगरी अर्को प्रसंगमा नेपालले सूचना र प्रविधिले दिएको सुबिधासंगै फेसबुक लगायत बढ्दो सामाजिक सञ्जाल प्रयोगका कारण नेपाली समाजमा देखिएका अस्वभाविक विकृति बारे बडा मार्मिक ढंगले कटाक्ष गर्दै नेपालीहरुमा बढेको वाइफाई-मोह र सुबिधा पाईयो भन्दैमा अति सुबिधाभोगी हुन खोज्ने प्रवृत्ति हावी हुँदै गएकोमा गम्भीर चिन्तामिश्रित ब्यङ्ग्य प्रहार गरे।

https://www.facebook.com/tokyorodhiclub/videos/1069858893074586/
यसैगरी साकुरा नाइटमा गायिका मिलन अमात्य अर्को आकर्षणको केन्द्रबिन्दु बन्न पुगिन् । उहिलेका जिजुबाजे ऋषिमुनि अहिलेका युवाजति शिशीमुनि….., गाला रातै गाला रातै……, स्लोली स्लोली….., सिरीमा सिरी घण्टी बज्यो……, बिश्वसुन्दरी……, अहिलेसम्म संसारमा……, कुरा खाँटी हो…., जसलाई मुटुका अंश….. लगायतका दर्जन जति बहुचर्चित गीतहरु गाएर दर्शकहरुको मन जित्न सफल भईन् । थुप्रै चलचित्रका गीतहरु गाईसकेकी गायिका अमात्य आफै मोडल पनि हुन् । साँगीतिक यात्राको छोटो समयमै त्यो उचाई हासिल गरेकी पछिल्लो समयकी चल्तीकी गायिका अमात्य युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुक पछि जापान पहिलोचोटी आएकी हुन् । यसैगरी गायक हिमाल सागरले पनि आफ्ना चर्चित गीतहरु पस्केर दर्शकहरुलाई नाच्न बाध्य बनाएका थिए ।

गोल्डेन वीकको अवसरमा सूर्य कर्पोरेशन र ग्रिष्मा इन्टर्टेन्मेन्टको संयुक्त आयोजनामा भएको साकुरा नाइट फुकुओका पछि टोकियोमा आइतवार भएको हो । साकुरा नाइटलाई बिशेष बनाउन कुशल उदघोषक नरेश भट्टराईको भूमिकालाई धेरैले मन पराए । आफैमा एक गीतकारसमेत रहेका सञ्चारकर्मी भट्टराईले सुरुदेखि अन्तसम्म दर्शकलाई पटक्कै खल्लो महशुस हुन दिएनन् । कुशल उदघोषकको अभाव रहेको जापानमा भट्टराईको कार्यक्रम सञ्चालन शैली नमुनायोग्य रह्यो ।

कार्यक्रमको अन्तमा एनआरएन आइसीसी उपाध्यक्ष भवन भट्ट, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, आयोजक सूर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछाने र ग्रिष्मा इन्टर्टेन्मेन्टका संयोजक ग्रिहेन्द्र घिमिरेले कलाकारहरुलाई प्रशंसा पत्रले सम्मान गरेका थिए ।

साकुरा नाइट कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित डिजे राजु लामा र जापानमै रहेका डिजे जोन छन्त्यालको पनि बिशेष भूमिका रहेको थियो भने ‘हामीले नगरे कसले गर्ने’ अभियानका युवाहरुले स्वयमसेवी भूमिका निर्बाह गरेका थिए ।
साकुरा नाइट टोकियो शिनओकुबो स्थित टोकियो रोधी क्लवमा भएको हो ।***

 

तपाईको प्रतिक्रिया