Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

Printटोकियो – अघिल्लो महिना जापानमा भएको अन्तर्राष्ट्रिय स्तरको बाल फुटवल प्रतियोगितामा नेपाली टिमलाई सहभागी गराउन जापानमा पहल गर्ने सहयोग समितिले आय ब्यय विवरण सार्बजनिक गरेको छ ।
सो समितिले एक विज्ञप्ती जारी गर्दै सर्बसाधारण सबैको जानकारीका लागि आम्दानी खर्चको ब्यहोरा सार्बजनिक गरेको हो ।

समितिका तर्फबाट संयोजक शरदकुमार गौचनद्वारा जारी गरिएको बिज्ञप्तीमा चुनौतीपूर्ण उक्त अभियानलाई सफल बनाउन नेपाल र जापानलगायत बिश्वका बिभिन्न मुलुकबाट विभिन्न ढंगले सहयोग गर्ने खेलप्रेमी सबैमा हार्दिक धन्यबाद ब्यक्त गरिएको छ ।

उक्त प्रयोजनका लागि विभिन्न माध्यमबाट कुल रकम २९ लाख ५ हजार ७ सय ९१ येन संकलन भई २६ लाख ८८ हजार ३ सय ६० येन खर्च भएको र २ लाख १७ हजार ४ सय ३१ येन मौज्दात रहेको बिज्ञप्तीमा जनाईएको छ । आम्दानी खर्चको स्थिति ग्राफिक्स चार्टमा :

बाँकी रहेको मौज्दात रकमले अखिल नेपाल फुटवल संघ (एन्फा) लाई खेलकुद सामाग्री सहयोग गर्ने योजना रहेको सो समितिले विज्ञप्तीमार्फत जनाएको छ । समितिले सो रकम बराबरको आवश्यक खेलकुद सामाग्री खरिद गरी नेपालमै गएर एन्फालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

टोकियो फुटवल संघ र फुटवल क्लव कोपा पुमा तोरेरोस जापानको संयुक्त आयोजनामा गत अप्रिल १,२ र ३ मा कोपा पुमा तोरेरोस- २०१६ नाम दिईएको अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगिता भएको हो । विगत ५ वर्षदेखि जापानमा हुँदै आईरहेको उक्त प्रतियोगितामा नेपाली टिमले पहिलोचोटी भाग लिएको हो । नेपाली खेलाडिहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै जापानमा नेपालको झण्डा फहराएका थिए ।

नेपालबाट आएका खेलाडीहरुका लागि जापानमा आवास, भोजन र यातायातको ब्यवस्था आयोजक समितिबाट भएको भए पनि नेपालबाट जापानसम्म आउने जाने हवाई टिकट खर्चको ब्यवस्था भने नभएकोले जापाबासी नेपालीहरुबाट सहकार्यको अपेक्षा गर्दै सहयोग समितिले बिभिन्न ढंगले स्रोत जुटाएको थियो । ***

तपाईको प्रतिक्रिया