Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

 

https://www.facebook.com/samudrapari/videos/1271384306222621/
टोकियो – बिहीबारको साँझ ढल्कदै गर्दा टोकियोको मेगुरो कुमिन सेन्टरको प्रेक्ष्यालय बिस्तारै दर्शकहरुले भरिदैं थिए । स्टेजमा केही अतिथिहरुले रिबन काटेर उदघाटन गरेपछि उदघोषकले शुभकामना मन्तब्यका लागि निम्त्याईएका प्रमुख अतिथि र बिशेष अतिथिले दर्शकहरुको मनोभावना बुझेर छोटोमा नै शुभकामना टुंगाएका थिए । अनि सुरु भएको थियो चितवन धमाकाको साँगीतिक माहौल ।     Ch 12
प्रसंग गोल्डेन वीकको अवसर पारेर चितवन समाज जापानले टोकियोमा आयोजना गरेको बिशेष साँगीतिक कार्यक्रम चितवन धमाकाको हो । जापानका लागि कार्यबाहक नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, आयोजक सँस्थाका अध्यक्ष सरोज कँडेल, एनआरएन एशिया क्षेत्रीय संयोजक किरणविक्रम थापा, आइसीसी सदस्यद्वय भूषण घिमिरे, ओम गुरुङ, सँस्थाका पूर्व अध्यक्ष लोकनाथ वस्तीले संयुक्तरुपमा रिबन काटेर गरिएको उदघाटनपछि सुरु भएको सो साँगीतिक कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरुले फरक फरक बिधाका साँगीतिक कोसेली पस्केर भरपुर मनोरञ्जन दिलाएका थिए ।
https://www.facebook.com/samudrapari/videos/1271359999558385/
पार्वती राईको नृत्य, कल्पना श्रीपालको लोकभाका, रमेशराज भट्टराईको चोटिला मुक्तक तथा लोकसुसेलीमा दर्शकहरु झुमेका थिए । कार्यक्रमको अन्तमा, स्टेजमा झुल्किएकी पप गायिका आस्था रावतले चौबन्दीमा पटुकी, झम्के बुलाकी, माछी जालैमा’ लगायतका करिव आधा दर्जन जति बहुचर्चित गीतहरु गाएर जापानबासी नेपालीहरुलाई नौलो साँगीतिक रसस्वादन गराएकी थिईन् ।
https://www.facebook.com/samudrapari/videos/1271348799559505/
कार्यक्रममा जापानमै रहेका कलाकारहरु युवराज आचार्य, रामकृष्णबम मल्ल, सूर्य खड्का, मनिषा बास्तोला, बिनोद भण्डारी, बालकलाकार दिब्य नेपाल लगायतको पनि सांगीतिक प्रस्तुती रहेको थियो ।

’सबैका लागि शिक्षा र स्वास्थ्य, चितवन समाज जापानको उद्देश्य’ भन्ने नारा र चितवनका असहाय एवं पिछडिएको बालबालिकाहरु र भरतपुर हस्पिटलमा मेडिकल उपकरणको ब्यवस्था गर्ने उद्देश्यले चितवन धमाका कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सरोज कँडेलले समुद्रपारिलाई बताए । चितवन धमाका गत मंगलवार नागोया सहरमा पनि भएको थियो ।***  तस्विर : राजन गौतम/समुद्रपारि

 

तपाईको प्रतिक्रिया