Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

Ma Nepali Groupटोकियो – नेपाली नारीहरुको महान चाड भनिने हरितालिका तीजमा नेपाली समुदायलाई लक्षित गरी हरेक वर्ष जापानमा थुप्रै तीज बिशेष कार्यक्रमहरु हुने गर्दछन् ।

विगतका वर्षहरुमा झैं यस वर्ष पनि म नेपाली ग्रुपले आगामी सेप्टेम्बर ४ तारिख आइतवारका दिन टोकियोमा तीज महोत्सव -२०१६ को आयोजना गर्ने भएको छ ।

नेपालका चर्चाका शिखरमा रहेका कलाकारहरु आमन्त्रण  गरी तीज महोत्सव आयोजना गर्न लागेको उक्त ग्रुपकी संयोजक स्मृति आचार्यले समुद्रपारिलाई बताईन् ।

उक्त दिनमा कार्यक्रम नजुधाई दिन जापानमा क्रियाशील संघसंस्था लगायत नेपाली समुदायमा कार्यक्रम संयोजक कमला काप्रीले अपिल गरेकी छिन् ।

तीज महोत्सवका लागि जापानका दर्शकहरुको चाहना बमोजिम कलाकार छनौट भईरहेको र छनौटमा परेका कलाकारहरुको नामावली केही दिनभित्रै सार्बजनिक गरिने बताईएको छ ।

पछिल्ला समयमा जापानमा बढ्दो संघसंस्था र सोहीअनुरुप एउटै प्रकृतिका एकै अवसरमा थुप्रै कार्यक्रमहरुको आयोजना हुने गरेका छन् । कतिपय अवस्थामा त एकैदिन थुप्रै कार्यक्रमहरु जुध्ने गरेको पाईन्छ । यसले गर्दा यहाँका नेपाली समुदायमा पर्न जाने असर र यसले प्रवाह गर्ने सन्देश तर्फ पनि आयोजकहरुको ध्यान जानुपर्ने देखिन्छ ।

विद्यमान अवस्थालाई हेर्दा यो वर्षको आउँदो तीजमा अनगिन्ति कार्यक्रमहरु हुने संकेत सतहमा देखापरिसकेका छन् । संघसंस्थाहरुले नेपाली समुदायमा आफ्नो उपस्थितिलाई कायमै राख्न कलाकार ल्याएर साँगीतिक कार्यक्रम गर्ने र त्यसमा पनि तीजको अवसरलाई नै रोज्ने प्रवृत्तिमा पुनर्विचार गरिनुपर्ने जापानका नेपाली अगुवाहरु बताउंछन ।***

तपाईको प्रतिक्रिया