Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – नेपाली साझा समाज जापानले गोल्डेन विकको अवसरमा जापान रेडक्रस सोसाइटी गुन्मा केन ओता शाखासँग समन्वय गरि रक्तदान कार्यक्रमको आयोजना गर्यो ।
मे ३ तारिखको दिन समाजको दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल एक वर्ष पूरा भएको समयमा सो कार्यक्रमको आयोजना गरेको हो ।

image-272a036ab09bfed04582cd335f7644d215ee913c18e5091e6f2eeda7a29c6e60-V
गुन्मा केन ओता सिटी स्थित रेडक्रस भवनमा आयोजित रक्तदान कार्यक्रममा समाजका अध्यक्ष बुद्धि शेरचन तथा सल्लाहकार राजकुमार लामिछाने सहित समितिका सदस्यहरु तथा समाजका शुभचिन्तकहरुको उल्लेख्य सहभागिता रहेको थियो । रक्तदान पछि समाजका अध्यक्ष शेरचनबाट समाजको यस प्रकारका सामाजिक कार्यक्रमहरु नेपाली समुदायमा मात्रै केन्द्रित नबनाई जापानी समुदाय तिर पनि बिस्तार गर्दै लैजाने प्रतिबद्धताका व्यक्त गर्नु भयो । ‘रक्तदान नै जीवनदान हो’ भन्ने विश्वव्यापी मान्यतालाई आत्मसात गरि रक्तदान कार्यक्रममा उपस्थित भइ साथ दिनुभएका सबैलाई अध्यक्ष शेरचनले धन्यवाद दिनु भयो । कार्यक्रमको अन्त्यमा रेडक्रसका प्रतिनिधिहरुले रक्तदान मात्र नभइ रेडक्रसको अन्य गतिविधिहरुमा पनि समाजको सहयोगको अपेक्षा गरेको बताएका थिए ।

तपाईको प्रतिक्रिया