टोकियो-मार्सल आर्ट किक बक्सिङ्ग च्याम्पियन मोहन महर्जन ‘ड्रागन’ले अर्को महत्वपूर्ण वेल्टको लागि भिड्ने भएका छन् ।
जुन महिनाको ५ तारिक आइतवार टोकियोको कोतो कुस्थित आरिआके डिफर हलमा हुन गइरहेको खेलमा विगवान च्याम्पियन यामागिवा खाजुकीसँग भिड्दैछन् । ‘विगवान वेल्टरवेट’ टाइटल म्याच नाम दिइएको खेलमा जित हात पारेमा ड्रागनले अहिले आफुसँग भएको वेल्ट भन्दा माथिल्लो तहको वेल्ट हाता पार्नेछन् भने ‘विगवान वेल्टरवेट क्लास जापान च्याम्पियन’ बन्नेछन् ।
अघिल्लो महिना अप्रिल १० मा एहिमे प्रान्तमा भएको ‘मुराकामी फेस्टिभल’मा ६७ केजी समूहका जापानका खेलाडि थेचुहिरोलाई पहिलो राउन्डमै नकआउट गराएपछि ड्रागनलाई यो खेलको लागि प्रस्ताव आएको हो ।
एहिमे प्रान्तमा खेल खेल्न जानु अगाडि उमेरले चार दशक पुगेपनि नेपाललाई चिनाउनको लागि जस्तोसुकै खेल खेल्न आफू तयार रहेको कुरा बताएका ड्रागनले टोकियोमा हुन गईरहेको यस खेलमा सम्पूर्ण नेपालीहरूलाई खेल हेर्न उपस्थित भई आफूलाई हाैसला दिन अनुरोध गरेका छन् ।
‘यसअघि भएका सबै खेलहरूमा जापानबासी नेपाली दाजुभाइ दिदीवहिनीहरूबाट सहयोग र हाैसला पाउँदै आएको छु र यस पटक पनि अवश्य पाउने छु भन्ने आशा छ’ उनले समुद्रपारिसँग भने ।
‘नेपाली दाजुभाइ दिदीवहिनीहरू उपस्थित भई हाैसला दिनुहुँदा शरीरमा थप शक्ति पैदा हुन्छ’- उनले भने ।
केही वर्ष अगाडि एक महत्वपूर्ण खेलमा विजय प्राप्त गरेका ड्रागनको खेल हेर्नुहोस् ।