Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – विनासकारी भूकम्पमा परि सिन्धुपाल्चोक स्थित बाँसबारीमा रहेको श्री सिद्धि गणेश प्राविको भत्किएको भवन पुनर्निर्माणका लागि नेपाली साझा समाज, जापानले रकम हस्तान्तरण गरेको छ ।

nepali samaj
आज एक कार्यक्रमको आयोजना गरि समाजका अध्यक्ष बुद्धि शेरचनले पुनर्निर्माण अभियन्ता राजकुमार लामिछानेलाई चार लाख सतासी हजार तीन सय उनान्नब्बे यन रकम हस्तान्तरण गर्नु भएको हो । विद्यालय निर्माणका लागि नेपाली साझा समाजको पहलमा आयोजित साँस्कृितक कार्यक्रम तथा राजकुमार लामिछानेको ‘मेरो नेपाल’ एल्बम लोकार्पण कार्यक्रमबाट संकलित रकम र मे ३ तारिखसम्म विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट प्राप्त एकमुष्ट रकम समाजले हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष, पदाधिकारी, सदस्यहरू तथा सल्लाहकारहरूबाट विभिन्न सुझाबहरु सहित पुनर्निर्माण अभियानको पूर्ण सफलताको लागि शुभकामना दिनु भएको थयो । अभियन्ता राजकुमार लामिछानेले उक्त हस्तान्तरित रकम बुझ्दै यस पुनर्निर्माको काम चाडै सम्पन्न गर्न लागि पर्ने प्रतिबद्धता जनाउनु भयो ।

तपाईको प्रतिक्रिया