Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

जापानबाट सिध्दार्थ रेमिट्यान्स सुरु

टोकियो – सिध्दार्थ रेमिट्यान्सको एक साँगीतिक समारोहका बीच जापानमा औपचारिक शुभारम्भ गरिएको छ ।

जापानमा रेमिट्यान्स ब्यवसायको भिडमा अर्को नयाँ नाम हो सिध्दार्थ रेमिट्यान्स । रेमिट्यान्स सेवा संगै सिध्दार्थ बैंकको जापान डेस्कमार्फत एकाउन्ट खोल्ने, निक्षेप जम्मा गर्ने, लगानी तथा कर्जा सम्बन्धि परामर्श उपलब्ध गराउने लगायतका सेवाहरु प्रदान गरिने बताईएको छ ।
3नेपालका आधा दर्जन प्रतिष्ठित कलाकारहरु आमन्त्रित गरेर सोमबार टोकियोमा आयोजित नेपाली साँगीतिक साँझ कार्यक्रम सहित सिध्दार्थ बैंकले क्वीन बि क्यापिटल संगको सहकार्यमा रेमिट्यान्स कारोवारको औपचारिक उदघाटन गरेको हो ।

जापानका लागि कार्यवाहक नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्ट, एशिया प्यासिफिक क्षेत्रीय संयोजक किरणविक्रम थापा, क्वीन बि क्यापिटलका कार्यकारी प्रमुख शेन्बो ह्वाङ, क्वीन बि क्यापिटलकी निर्देशक मारिको बाबा, सिध्दार्थ बैंकका कार्यकारी प्रमुख सुरेन्दर भण्डारी, सिध्दार्थ रेमिट्यान्सका जापान प्रतिनिधिहरु एनआरएन जापानका अध्यक्ष सुदन थापा, ब्यवसायीद्वय बाबुराम भण्डारी र मेघराज नेपालले संयुक्तरुपमा रिबन काटेर बिधिवतरुपमा रेमिट्यान्सको उदघाटन गर्नुभएको हो ।

रेमिट्यान्स शुभारम्भ भएको उपलक्ष्यमा कार्यवाहक राजदूत राजभण्डारी, आईसीसी उपाध्यक्ष भट्ट, एशिया संयोजक थापाले शुभकामना दिनुभएको थियो भने क्वीन बि क्यापिटलका कार्यकारी प्रमुख ह्वाङ र सिध्दार्थ बैंकका कार्यकारी प्रमुख भण्डारीले सिध्दार्थ रेमिट्यान्सको बिशेषता बारे प्रकाश पार्नुभएको थियो ।

दिब्य नेपालको बालनृत्यबाट सुरु भएको साँगीतिक साँझमा काजल गुरुङको लोकभाका हुँदै निमा रुम्बाको पप गीतसम्म आइपुग्दा खचाखच दर्शकहरुले भरिएको नाकानो जेरो हलको माहौल पुरै तातिसकेको थियो । साँझ ढल्कदैं थियो बिचबिचमा शिक्षा शान्ति वाइवा र नायिका ऋचा शर्माको उदघोषणसंगै अन्य प्रतिष्ठित कलाकारहरुको उत्कृष्ट प्रस्तुतीको ब्यग्र प्रतिक्षामा दर्शकहरु पनि हौसिदैं थिए ।

यतिकैमा भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको हुबहु नक्कल गर्दै मनोज गजुरेलले नेपालको सामाजिक, आर्थिक र राजनैतिक विकृतिमाथि ब्यङ्ग्य कस्दै हसाँउनु हसाँए । उनले मोदी बनेर नेपालप्रतिको भारतको हेपाहा प्रवृत्ति, अघोषित भारतीय नाकाबन्दीको भित्री रहष्य, भारतीय प्रभुसामु नेपालका नेताहरुको लम्पसार प्रवृत्तिको उछिट्टो मात्र काढेनन् भारतले नेपाललाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्ने गरेको, स्वतन्त्र राष्ट्र नेपालको स्वाधिनतामाथि कुनै पनि बेला धावा बोल्न सक्ने खतरा जस्ता चेतनामुलक सन्देश प्रवाह गरेका थिए । (भिडियो)

यसैगरी टेलिसिरियल भद्रगोलका ‘पाँडे बूढो’ (अर्जुन घिमिरे) र ’जिग्री ब्रो’ (कुमार कट्टेल) ले युगल प्रहसनमार्फत नेपाली समाजमा ब्याप्त विकृति र बिसंगतिप्रति कटाक्ष गर्दै दर्शकहरुलाई भरमग्दुर हसाँएर मनोरञ्जन दिलाए । उनीहरुले सामाजिक संजालका कारण बढ्दो बिसंगति,  दैनिक लोडसेडिङ, धुलोधुवाँ, बेरेाजगारी, महंगी जस्ता जनजिविकाको सवालमा सरकारले नेपाली जनताको आधारभुत आवश्यकता पुरा गर्न नसकेको, नेपाली जनताहरु सँधै पिल्सिएर बस्न परिरहेको अवस्थातर्फ इङ्गित गर्दै निम्छरो सरकारले आफ्नो उपस्थिति देखाउन नसकेकैले बाध्य भएर लाखौं नेपाली युवाहरु बिदेशमा जानुपरेको यथार्थतालाई प्रहसन मार्फत तिखो ब्यङ्ग्य कसेका थिए ।  (भिडियो)

यसैगरी कार्यक्रममा नायिका ऋचा शर्माको दमदार नृत्यलाई दर्शकहरुले निकै मन पराएका थिए ।

जापानको साँगीतिक रंगमञ्चको इतिहासमा दर्शकहरुका लागि पहिलोचोटी निःशुल्क प्रवेशको ब्यवस्था गरिएको नेपाली साँगीतिक साँझमा नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । सिध्दार्थ रेमिट्यान्सको ग्रयाण्ड ओपनिङसंगै ब्यवसायिक प्रमोशनका लागि कार्यक्रममा प्रवेश निःशुल्क गरिएको बुझिएको छ ।***
Manoj 2 Sbl 1 SBLA G H I J

तपाईको प्रतिक्रिया