Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – आफ्नो ग्राहकहरुलाई विभिन्न र फरक किसिमको सेवाहरु दिदै आएको ओशन टेक्नोलोजीले नेपालीहरुको महत्वपूर्ण चाड मातातीर्थ औंशी (आमाको मुख हेर्ने दिन)को अवसर पारेर अनलाइन शपको सार्वजनिक गरेको छ ।
आज एक विज्ञप्ति जारि गर्दै ओशन टेक्नोलोजीले www.otelmarket.jp सार्वजनिक गरेको जनाएको छ । ओटेलले सार्वजनिक गरेको अनलाइन शप मार्फत पहिलो चरणमा आमाको मुख हेर्ने दिनको अवसरमा नेपालमा रहनु भएकी आफ्नी आमालाई केक, मिठाई, फलफुल तथा कुर्तासुरुवाल र सारी लगाएतका उपहारहरु सोहि दिन नै पुग्नेगरि पठाउन सकिने जनाएको छ । यस वर्ष मातातीर्थ औंशी मे ६ का दिन परेको छ ।
ओटेलले मार्केट अरु अनलाइनशप जस्तै भएपनि नौलोपन दिनका निमित्त क्रेडिट कार्ड बिना नै सामान खरिद गर्न सकिने सुबिधा मिलाइएको जनाएको छ । जस अनुसार ग्राहकहरुले आफ्नो ओटेल फ्री एप्लिकेशनको स्मार्ट पिट नम्वर रिर्चाज गरी सोही स्मार्ट पिट नम्बर प्रयोग गरी सामान खरिद गर्न सक्नेछ । यसबाहेक नेपालबाट पनि सामान खरिद गर्न सकिने बताइएको छ भने आमाको मुख हेर्ने दिनका लागि फ्री डेलीभरीको व्यवस्था समेत गरेको जनाइएको छ ।
आमाको मुख हेर्ने दिनमा नै उपहारहरु डेलीभरी गर्नको लागि भने ग्राहकहरुले मे ५ को बिहान ८ बजे (जापानी समय) सम्ममा नै अर्डर गरिसक्नुपर्ने विज्ञप्तिमा जनाइएको छ । काठमाडौ, भक्तपुर, ललितपुर, भरतपुर, बिराटनगर, पोखरा, बुटवल, जनकपुर, हेटौंडा लगाएतका नेपालको सबै प्रमुख शहरहरुमा डेलीभरी गर्न सकिने व्यवस्था गरेको छ ।
साथै, नव वर्ष २०७३ को अवसरमा ओशन टेक्नोलोजीले ल्याएको ओटेल फ्रि स्प्रीङ अफर ग्राहकहरुको बिषेश अनुरोधमा यही मे ७ सम्मको लागि थप गरिएको जानकारी पनि गराएको छ ।

तपाईको प्रतिक्रिया