Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

मोर्चाबन्दी अझै आवश्यक 

10टोकियो – नेकपा एमालेका सचिव तथा संगठन बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सबै प्रमुख राजनीतिक दलहरु मिलेर संबिधान कार्यान्वयन गर्ने बेलामा रचनात्मक प्रतिपक्षको भूमिका निर्बाह गर्नुको साटो नेपाली काँग्रेसले बेइमान गरेको आरोप लगाउनुभएको छ ।

पूर्व पर्यटनमन्त्री समेत रहनुभएका नेता गुरुङले प्रमुख राजनैतिक दलहरुकै अथक प्रयासमा ऐतिहासिक संबिधान जारी गरिएको भए पनि यसको कार्यान्वयनमा भने चुनौती देखिएको बताउनुभयो । उहाँले सरकारमा रहेका दलहरु र नेपाली काँग्रेसको समेत सक्रिय सहभागितामा मात्र करिव ३ सय भन्दा बढि नियम कानुन बनाएर संबिधानलाई कार्यान्वयनमा लैजानुपर्नेमा नेपाली काँग्रेसबाट अपेक्षित भूमिका निर्बाह हुन नसकेको र बिगतको सहमति तोडेको भन्दै काँग्रेसले राजनैतिक बेइमान गरेको आरोप लगाउनुभएको हो ।
1
आइतवार टोकियोमा आयोजित १२७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता गुरुङले संबिधानको सफल कार्यान्वयन हुन सकेमा मात्र मुलुक शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्ने बिचार ब्यक्त गर्नुभयो ।

नेकपा एमालेको जापानस्थित भात्तृसंगठन प्रवासी नेपाली मञ्च (ONF) ले आयोजना गरेको श्रमिक दिवस समारोहमा नेता गुरुङले मुलुकमा बिद्यमान अत्यन्त तरल राजनीतिक अवस्थालाई चित्रण गर्दै राज्यका हरेक तह तप्का र कर्मचारी संयन्त्रमा युनियनका नाममा पार्टीकरण हुनु दुखद भन्दै यसको अन्त्य हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

उहाँले छिमेकीको हस्तक्षेपको बाबजुद पनि संबिधान जारी गरेर दलहरु नेपाली जनताको स्वाधिनताको पक्षमा उभिएको बताउनुभयो । घुमाउरो भाषामा नेता गुरुङले तत्कालिन राष्ट्रपतीले समेत हतारमा संबिधान जारी नगर्न दबाब दिएको स्मरण गर्दै प्रतिकुल अवस्थामा पनि दलहरुले संबिधान जारी गरेर देखाएको बताउनुभयो ।

अत्यन्त जटिल परिस्थितिमा नेकपा एमालेले सरकारको नेतृत्व गर्नुपरेको प्रसंग कोट्याउँदै उहाँले सबै राजनैतिक दलहरुलाई मिलाएर लैजान परेकोले मन्त्रीमण्डलको आकार अस्वभाविक ठूलो हुन गएको भए पनि परिस्थितिको उपजकारुपमा यसलाई अन्यथा लिन नहुने उहाँको जिकिर थियो ।

एक अर्को प्रसंगमा नेता गुरुङले डा. बाबुराम भट्टराईले नयाँ शक्तिका नाममा मुलुकमा अस्थिरता निम्त्याउन खोजेको आरोप लगाउनुभयो । उहाँले संबिधानको सफल कार्यान्वयन र मुलुकमा शान्ति र समृद्धि स्थापना गर्न दलहरुबीचको विद्यमान मोर्चाबन्दी कायमै रहन आवश्यक रहेको विचार पनि ब्यक्त गर्नुभयो।

मञ्चका अध्यक्ष कृष्ण खड्काको सभापतित्वमा भएको सो श्रमिक दिवस समारोहमा जापानका लागि कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीले श्रमिक दिवसको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै वर्तमानमा देखिएका चुनौतीहरुलाई सामना गर्दै छिट्टै मुलुकलाई शान्ति र समृद्धिको दिशामा लैजान दलहरु सफल हुने बिश्वास ब्यक्त गर्नुभयो ।

यसैगरी नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य राजन राईले नेपालको तरल राजनीतिको फाइदा उठाउँदै संबिधान कार्यान्वयन हुन नदिन विभिन्न शक्तिहरुको चलखेल सुरु भएको र त्यसलाई दलहरुबीचको एकता र सहकार्यले मात्र चिर्न सकिने धारणा ब्यक्त गर्नुभयो ।

श्रमिक दिवसको अवसरमा आयोजित ’नेपालको शान्ति र समृद्धिका लागि संभावना र चुनौती’ बिषयक अन्तरक्रियामा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी, आदिबासी जनजाति महासंघका मोतीलाल राई, मजदुर संगठन जापानका महासचिव चिन्तामणि आचार्य, गल्कोट समाज जापानका वरिष्ठ उपाध्यक्ष नरबहादुर थापा, एनआरएन आईसीसी सदस्यद्वय भूषण घिमिरे र ओम गुरुङ, एनआरएन जापानका कार्यवाहक महासचिव बुद्धिराज घिमिरे, नेकपा माओबादी (बिप्लव) निकट नेपाली जनप्रगतिशील समाज जापानका अध्यक्ष दिनेश शाही लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।

बिभिन्न आन्दोलनहरुमा सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुको सम्मानमा १ मिनेट मौनधारणबाट सुरु गरिएको सो समारोहमा मञ्चका उपाध्यक्ष राजकुमार पण्डितको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रम महासचिव कुलचन्द्र खरेलले संचालन गर्नुभएको थियो ।

कार्यक्रमको अन्तमा मन्चका उपाध्यक्ष महेन्द्र श्रेष्ठले धन्यबाद मन्तब्य राख्नुभएको थियो ।

सत्तारुढ दल नेकपा एमालेको भात्तृसंगठन प्रवासी नेपाली मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा प्रतिपक्षमा रहेको तर संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भात्तृसंगठन नेपाली जनसम्पर्क समितिको र सत्तारुढ गठबन्धनकै अर्को दल एनेकपा माओबादीको भात्तृसंगठन नेपाली जनप्रगतिशील मोर्चाको प्रतिनिधिनिमुलक सहभागिता नहुनुलाई भने धेरले अचम्म मानेका थिए ।***13 32 95 6 712 811

तपाईको प्रतिक्रिया