Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडाैँ – जापानमा पहिलो पटक ‘तमु धीं जापान कप’ हुने भएको छ । यहि जुन २६ आईतबारदेखि शुरु हुने गरि सेतागाया-कु, हाचीमानदाइ २-१८, फुट्साल कोर्ट हाचीमानदाइमा सौगात तमुको संयोजकत्वमा जापान कप आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ ।
‘राष्ट्र स्वास्थ्य र मेलमिलापको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने जापान कपमा १६ टिमको सहभागिता रहने आयोजक समितिले जनाएको छ । टिम दर्ताको निमित्त आठ खेलाडी एक मेनेजर र एक प्रशिक्षक गरि टिममा जम्मा १०जना रहनेछ । टिम दर्ता शुल्क तीनमान ऐन निर्धारण गरिएको आयोजक समितिले जनाएको छ ।
यस प्रतियोगिताको प्रथम पुरस्कारको धनराशि २११,१११ ऐन दोस्रो १११,१११ ऐन ट्रफी, मेडल साथै प्रमाण पत्र साथै उत्कृष्ट विधालाई पुरस्कृत समेत गरिने छ ।
आयोजक समितिले जानकारी गराए अनुसार गैर नेपाली नागरिकले प्रतियोगितामा भाग लिने पाउने छैन ।

तपाईको प्रतिक्रिया