कुमामोतो – सामाजिक सहयोग गर्ने उद्देश्यका साथ कुमामोतो भुकम्प प्रभावित सहयोग समितिको १९ सदस्यीय सचिवालय गठन गरिएको छ । विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको रोहोबरमा यहि अप्रिल २४मा समिति गठन गरिएको हो ।
नेपालीहरुको बाक्लो उपस्थिती रहेको कुमामोतोमा गएको भूकम्पको असर बढी देखिएपछि नेपाली समुदायले गर्न सक्ने सहयोगका क्षेत्रको पहिचान गरी सामुहिक रुपमा जानु पर्छ भन्ने भावनाका साथ समिति गठन गरेको एनआरएनए जापानका अध्यक्ष सुदन थापाले बताउनुभयो । उहाँले आगामी सहयोगका कार्यक्रमहरु तय गर्दा स्थानीय निकायसंगको समन्वयमा नियम तथा आचारसंहिताहरुको पालना गर्दै आर्थिक सहयोग संकलन गरिने बताउनुभयो ।
अध्यक्ष थापाले जारी गरेको विज्ञप्तिमा देशभरीका नेपाली समुदाय र संघ सस्थाहरुबाट आर्थिक सहयोग जम्मा गर्ने र कुमामोतो आसपासका क्षेत्रमा नेपालीहरुलाई परिचालन गरी आवश्यक र गर्न सकिने सहयोगी कार्यक्रम तय गर्ने समेत उल्लेख गरिएको छ ।
यसैगरी कुमामोतो स्थित जापानिज समुदाय र जापानी मिडियाहरुमा समन्वय गर्ने जिम्मा जिज्ञान कुमार थापालाई दिइएको छ ।
तपाईको प्रतिक्रिया