Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

NRN Japan Small- Flashटोकियो –  जापानको कुमामोतो र क्युशु क्षेत्रमा बिहीवार र शनिबार गएको शाक्तिशाली भूकम्प प्रभावित जापानीहरुलाई सहयोग गर्न नेपाली दूतावास र गैर आवासीया नेपाली संघ एनआरएनए जापानले विशेष राहत तथा सहयोग समिति गठन गरेका छन ।

एनआरएनए जापान अध्यक्ष सुदन थापाको संयोजकत्वमा विशेष सहयोग समिति गठन गरिएको हो । नवगठित समितिको अन्य सदस्यहरूमा जिज्ञानकुमार थापा, तासी लामा, टंक गैरे, बुद्धिराज घिमिरे, नन्दु गैरे, याम लाल कडेंल, क्यूस्यू क्षेत्रिय कमिटी र कुमामोतो स्थानिय कमिटी रहेका छन।
समितिको संरक्षकमा जापानका लागि नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी र एनआरएनए आइसीसीका उपाध्यक्ष भवन भट्ट चयन गरिएको छ।

यसैवीच नवगठित समितिको शनिवार टोकियोमा वसेको वैठकले कुमामोतोको भूकम्प पीडितको नाममा कुनै स्टेशनमा वसेर पैसा उठाउने कार्य नगर्न सबैमा अनुरोध गरेको छ।यस्तै प्रवावित क्षेत्र कुमामोतोलाई केन्द्रित गर्दै स्थानिय समन्वय कमिटी तयार गरिएको छ। जसमा संयोजक हरि देवकोटा  र उपसंयोजक शिव कडेंल रहनु भएको छ। भने क्युस्यू क्षेत्रिय कमिटिको विशेष सक्रियतालाई प्राथमिकता दिईने निणय गरेको छ।

यस्तै समितिले भूकम्प प्रभावित क्षेत्रमा रहेका नागरिकलाई आपतकालिन शिविर तथा सुरक्षित स्थानमा जान प्रेरित गर्दै कुनैपनि समस्या परेमा दूतावास, एनआरएनए र संघसंस्थालाई जानकारी गराउन अनुरोध गरिएको छ।

सम्पर्क नम्वरहरु :
संयोजक सुदन थापा ०८०-४१५३-१२१६ सदस्यहरु:-तासी लामा०८०-३१७८-२७८२, टंक गैरे ०९०-३४१४-७६४२ बुद्धिराज घिमिरे ०९०-९३९५-१८४३ नन्दु गैरे ०९०-६४३६-३९५४ यामलाल कडेंल ०८०-९४१९-४४६६ क्यूस्यू क्षेत्रिय कमिटी ०८०-३९९७-२६९३, हरि देवकोटा ०९०-६६३४-२६४ र उप-संयोजक शिव कडेंल ०९०-९१६५-६८७८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया