Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

टोकियो – हिजो अप्रिल १४ तारिख बेलुकी ९ बजेर २६ मिनेट जांदा जापानको कुमाकोतो प्रान्तलाई केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पका कारण कम्तिमा पनि ९ जनाको मृत्यु भएको र ८६० जना भन्दा बढि घाइते भएको क्योदो चुसिन न्युज एजेन्सीले जनाएको छ । सो भूकम्पका कारण कुमामोतो प्रान्त भित्रमात्र करिब ४४ हजार ४०० जनाले घर छोडि आश्रयस्थलमा बसिरहेको समाचारमा उल्लेख छ । हिजो बेलुकी ६.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए पश्चात पनि लगातार पराकम्पनहरुको महसुस भईरहेको जनाईएको छ । भू-गर्भबिधहरुका अनुसार करिब १ हप्तासम्म यसको पराकम्पन आउन सक्ने देखिएकोले सचेत रहन सो क्षेत्रका बासिन्दाहरुलाई अनुरोध गरिएको छ ।

प्रधानमन्त्री सिन्जो आबेले भूकम्पमा परी भएको जनधनको क्षति प्रति दु:ख ब्यक्त गर्दै उद्धारको लागि तत्काल सेना, प्रहरी गरी ३ हजार जना सो क्षेत्रमा पठाईने संचारमाध्यामहरुलाई बताउनु भयो । भूकम्पका कारण उक्त क्षेत्रमा रहेको आणबिक भट्टीमा भने कुनै किसिमको क्षति नपुगेको सामाचारमा बताईएको छ ।2 3 4 1 11

फोटो श्रोत : साङ्केइ सिन्बुन

तपाईको प्रतिक्रिया