शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौँ – अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बजेटमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५०औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आइतबार आयोजित अन्तरक्रियामा उहाँले सरकार निजी क्षेत्रको साथमा रहेको छ भन्नुभयो ।
सबै क्षेत्रको सल्लाह र सुझावको आधारमा नै बजेट आउने मन्त्री पौडेलको भनाइ छ । उहाँले प्रत्येक प्रदेशमा एउटा÷एउटा आधुनिक औद्योगिक क्षेत्र स्थापना गर्ने योजनामा सरकार रहेको बताउनुभयो ।
महासङ्घका अध्यक्ष पशुपति मुरारकाले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रले ७० प्रतिशत योगदान दिइरहेको परिपे्रक्ष्यमा सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । महासङ्घले अर्थतन्त्रको निरन्तर प्रगतिका लागि कुनै पनि प्रकारको बन्द अवरोध सिर्जना नहुने सुनिश्चितताको लागि राजनीतिक प्रतिबद्धता जाहेर गर्न आग्रहसमेत गरेको छ ।
पचासौँ वर्षमा प्रवेश गरेको अवसरमा महासङ्घले नयाँ वर्ष २०७३ सालको वर्षैभरि विविध कार्यक्रम गरी मनाउनेसमेत घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया