Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुद्वारा सञ्चालित एभरेष्ट इन्टर्नेशनल स्कुलले विविध कार्यक्रमका साथ शनिवार तेस्रो वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सव समारोहमा अघिल्लो शैक्षिक सत्रमा हरेक कक्षाबाट पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरु, सर्बोत्कृष्ट नतिजा ल्याउने अमन तामाङ, सर्बोत्कृष्ट हाँजिरी हुने शुभ श्रेष्ठ र स्नेहा खरेललाई पुरस्कृत गरिएको थियो भने स्कुललाई विभिन्न ढंगले सहयोग गर्ने अविभावकहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने अभिभावकहरुमा बसन्त गौचन, निरा उपाध्याय, सगुन राना, केइको होरिउची, तोमोको कोमात्चुजाकी र युका रावत हुनुहुन्थ्यो । यसैगरी जापानी समुदायको तर्फबाट स्कुललाई बिभिन्न ढंगले सहयोग गर्ने सुगिनामी कल्चर एसोशियशनका निर्देशक ताकाहासी खाजुहिरोलाई पनि सम्मान गरिएको थियो ।
29स्कुल ब्यवस्थापन समितिका अध्यक्ष डा. भूपालमान श्रेष्ठको सभापतित्वमा भएको सो वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले विभिन्न गतिबिधिहरु मार्फत आ-आफ्ना प्रतिभा देखाएका थिए । विद्यार्थीहरुले मौलिक नेपाली सँस्कृति झल्कने बिभिन्न नृत्य प्रदर्शन गर्नुका साथै हास्य प्रहसन, लघुनाटक तथा अन्य रोचक प्रस्तुतीहरु पस्केका थिए ।
वार्षिकोत्सव समारोहको कार्यक्रमका सभापति डा. श्रेष्ठ, बिशेष अतिथिहरु एनआरएन जापानका अध्यक्ष सुदन थापा र सुगिनामी वार्डका सिटी काउन्सिलर वातानावे फुजिओले सामुहिकरुपमा रिबन काटेर उदघाटन गर्नुभएको थियो । 8 10

प्रमुख अतिथिको आसनबाट बोल्दै स्कुल ब्यवस्थापन समितिका सल्लाहकार समेत रहनुभएका एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्टले एभरेष्ट इन्टर्नेशनल स्कुल डायस्पोरामा रहेका आम नेपालीहरुको गौरवको बिषय भएको बताउनुभयो । उहाँले नेपाल सरकारबाट मान्यता प्राप्त मुलुकबाहिरको एक मात्र नेपाली पाठ्यक्रम अनुसार पढाई हुने जापानमा रहेको एभरेष्ट इन्टर्नेशनल स्कुलले संसारभरिका नेपालीहरुसमक्ष राम्रो सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले सफलताको तेस्रो वर्ष पुरा गरेकोमा विद्यार्थी, अभिभावक, गुरुवर्ग र प्रोमोटरहरु सबैमा बधाई ज्ञापन गर्नुभयो । यसैगरी बिशेष अतिथि एनआरएन जापानका अध्यक्ष सुदन थापाले तेस्रो वार्षिकोत्सवका उपलक्ष्यमा एभरेष्ट इन्टर्नेशनल स्कुलको थप उन्नती प्रगति र सफलताको कामना गर्नुभयो । 26 27 28
कार्यक्रममा प्रिन्सिपल प्रदिप थापाले एभरेष्ट इन्टर्नेशनल स्कुलले छोटो समयमै गरेको प्रगति र भावी कार्ययोजनाका बारेमा प्रकाश पार्नुभएको थियो ।

यसैगरी सो अवसरमा एक कार्यक्रमका लागि हाल जापानमै रहेका चर्चित हास्यकलाकार शंकर सुलेमान इकुको हास्य प्रस्तुतीले समारोहमा थप रौनकता प्रदान गरेको थियो ।

कार्यक्रमको अन्तमा सभापतिको आसनबाट बोल्दै ब्यवस्थापन समितिका अध्यक्ष डा. श्रेष्ठले ठिक तीन वर्ष अगाडि १५ जना विद्यार्थीबाट सुरु गरिएको स्कुल अहिले १ सय ४० जना विद्यार्थीसहित शिक्षक शिक्षिका, कर्मचारी, अभिभावक र प्रोमोटर गरी ४ सय भन्दा बढि पुगेर एभरेष्ट स्कुलको परिवार ठुलो भएको बताउनुभयो । उहाँले स्कुललाई आजको अवस्थासम्म ल्याउन बिभिन्न ढंगले सहयोग र योगदान पुर्‍याउने सम्बन्धित सबैलाई धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा पनि सबैको रचनात्मक सहयोगको अपेक्षा गरिएको बताउनुभयो । 3 4 12नेरिमा बुन्का सेन्टरमा भएको वार्षिकोत्सव समारोहमा ससाना विद्यार्थीहरुद्वारा प्रस्तुत गरिएको विविध क्रियाकलाप हेर्दा एभरेष्ट स्कुलले गुणस्तरिय पठनपाठनका साथै विद्यार्थीहरुको समुचित बिकासमा पनि उत्तिकै ध्यान दिएको छनक पाईएको अभिभावकहरुको प्रतिक्रिया थियो । ***  तस्विर : ईन्द्र भण्डारी/समुद्रपारि30329 52120 12 6 10 7 8 10 11 12 13 14 15 16 17 18 19 22 23 24 25 26 27 28 31

तपाईको प्रतिक्रिया