Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं– गैरआवासीय नेपाली संघ एनआरएनए जापानले पहिलो पटक आफ्ना सदस्यहरुका लागि परिचयपत्र वितरण गर्ने भएको छ । एनआरएनए जापानका अध्यक्ष सुदन थापाका अनुसार आउँदो केही महिना भित्रैमा परिचय पत्र तयारी गरि वितरण गरिने छ । संस्थाको हालै वसेको पदाधिकारी वैठकमा जापानमा रहेका नेपाली साधारण सदस्यहरुका लागि पहिलो पटक परिचयपत्र वितरण गर्ने निणर्य गरे अनुरुप परिचय खुल्ने विवरणसहितको कार्ड वितरण गरिने छ । यसैवीच एनआरएनए जापानमा सदस्य रहनुभएका करिव चार हजार दुईसय जनालाई वितरण गर्न

लागिएको परिचयपत्रमार्फत आफ्नो कम्पनी तथा उत्पादनको प्रायोजक गर्न ईच्छुक कम्पनीहरुले एनआरएनए जापानमा आफनो ईच्छापत्र दर्ता गर्न अनुरोध गरिएको छ ।
जापानका सदस्यहरुको नयाँ कार्ड एनआरएनए जापान आफैले वितरण गर्ने भए पनि यसमा आफ्नो कम्पनी तथा सेवाको वारेमा जानकारी पुरयाउन चाहनेहरुका लागि प्रायोजन गर्न सकिने बताईएको छ ।

परिचयपत्र देखाएर रेस्टुरेन्ट, ग्रोसरी स्टोर,लगायत विभिन्न क्षेत्रमा बिशेष सहुलियत लगायतका सुविधाहरु सदस्यहरूले प्रत्यक्ष रुपमा प्राप्त गर्न सक्नेछन् । परिचय पत्र प्राप्त गर्नेले पाउने सुविधाको विस्तृत जानकारी एनआरएन जापानको वेबसाइटमा राखिनेछ । एनआरएन जापानका प्रवक्ता संदीप ढुंगानका अनुसार परिचय पत्र बनाउन सुरु गरिसकिएको छ । यस्तै एनआरएनए जापानका सचिव बुद्धि घिमिरेले भने नयाँ परिचयपत्र लामो समयसम्म चलाउन मिल्ने र भरपर्दो बनाउन जनस्तरबाट सल्लाह तथा सुझाव संकलन गर्ने काम पनि भइरहेको छ । यस्तो परिचयपत्र कम्तिमा पाँच वर्ष परिवर्तन गर्नु नपर्ने गरी तयार पार्न लागिएको छ । परिचयपत्र प्रायोजन गर्न चाहनु हुने र सहुलिएत(छुट)दिन चाहनुहुने महानुभावहरुले एनआरएनए जापानसंग सम्पर्क गर्न अध्यक्ष सुदन थापाले आग्रह गर्नुभएको छ । सम्पर्कका लागि एनआरएनए जापानको ईमेल [email protected] मा सम्पर्क गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया