Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

म्याग्देली सञ्जाल जापान अब मोनामा रुपान्तरित

Baniya Jeeटोकियो – म्याग्देली सञ्जाल जापानको आइतवार भएको पाँचौ अधिवेशनले महेन्द्र बानिया (बेनी) को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ । 

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक केसी (घतान), महासचिव खेम मल्ल (देबिस्थान), सचिव नरेन्द्र सापकोटा (बरङ्जा), कोषाध्यक्ष दिपककुमार खड्का (सिंगा), सहसचिव लिल केसी (मराङ) चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा ज्ञानेन्द्र केसी (बेनी), देबेन्द्र भण्डारी (मुना), प्रेम पुन (दग्नाम), राम खड्का (घार), सरास्वती पुन (शिख), ताराबहादुर कार्की (राखु), रेशम भण्डारी (मुना), हेमकुमार जुग्जाली (बिम) र खम्मर पुन (मराङ) रहनुभएको छ । समितिमा जिल्लाका सबै क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी दुई जना उपाध्यक्ष ४ जना सदस्यहरु र आवश्यक सल्लाहकारहरु आगामी पहिलो बैठकले मनोनित गरिने भएको छ ।
अधिवेशनले संस्थाको कार्यप्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन सामान्य संशोधन सहित पारित गर्नुका साथै ५ बूँदे घोषणापत्र जारी गरेको छ । जसमा म्याग्दीलाई फ्रि वाइफाइ जिल्ला बनाउने बिश्वब्यापी अभियानलाई जापानबाट सक्दो टेवा पुर्‍याउन निबर्तमान अध्यक्ष महेन्द्र खड्काको संयोजकत्वमा एक कार्यदल गठन गर्ने, संस्थाको नाम संशोधन सम्बन्धमा संस्थाको ऐतिहासिक अस्तित्व कायमै रहने गरी म्याग्देलीहरुको अन्तर्राष्ट्रिय सञ्जाल मोनासंग एकरुपता गर्ने, आगामी दुई वर्षे कार्यकालका लागि स्पष्ट भावी कार्ययोजनासहित संस्थालाई नयाँ ढंगले थप गति प्रदान गर्ने, जापानमा छरिएर रहेका म्याग्देलीहरुलाई गोलबन्द गर्दै जिल्लाका भैपरि आउने कार्यहरुमा संभावित सहयोग जुटाउन क्रियाशील रहने र जापानमा रहेका सबै संघसंस्थाहरुसंग पारस्परिक सम्बन्ध र सहकार्य बिस्तार गर्दै नेपाली समुदायको हितमा क्रियाशील रहने रहेका छन् ।   11
20सञ्जालका अध्यक्ष महेन्द्र खड्काको सभापतित्वमा भएको पाँचौ अधिवेशन समारोहको प्रमुख अतिथि म्याग्देलीहरुको अन्तर्रष्ट्रिय सञ्जाल मोनाका केन्द्रिय अध्यक्ष योगेन्द्रबहादुर क्षेत्री र वरिष्ठ उपाध्यक्ष बिनोद कुंवरले पानसमा दीप प्रज्वलन गरी सामुहिकरुपमा उदघाटन गर्नुभएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै मोना अध्यक्ष क्षेत्रीले बिश्वभर छरिएर रहेका म्याग्देलीहरुलाई गोलबन्द गर्दै म्याग्दी जिल्लाको बिकासमा सहभागी गराउन मोना लागिपरेको बताउनुभयो । बेलायतमा बस्दै आउनुभएका एनआरएन आइसीसीका सहदस्य समेत रहनुभएका क्षेत्री अधिवेशनका लागि जापान आउनुभएको हो । यसैगरी बिशेष अतिथि मोनाका वरिष्ठ उपाध्यक्ष बिनोद कुँवरले नेपालकै पहिलो निःशुल्क वाईफाई जिल्ला बनाउने अभियानमा बिश्वभर रहेका म्याग्देलीहरु जुर्मुराईरहेको बताउनुभयो । एनआरएन आइसीसीका सदस्य समेत रहनुभएका कुँवर पनि अधिवेशनका लागि दक्षिण कोरियाबाट आउनुभएको हो ।
अधिवेशन समारोहमा गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी, सञ्जालका सल्लाहकार गमप्रसाद जुग्जाली लगायतका अतिथिहरुको शुभकामना मन्तब्य रहेको थियो । सञ्जालका वरिष्ठ उपाध्यक्ष महेन्द्र बानियाको स्वागत मन्तब्य रहेको अधिवेशन समारोहको महासचिव खेम मल्लको सञ्चालन रहेको थियो ।

अधिवेशन समारोहमा सञ्जालका सल्लाहकार समेत रहनुभएका निर्वाचन समितिका संयोजक तिलक मल्लले सर्बसम्मत गठित नयाँ कार्यसमितिको घोषणा गर्नुका साथै पाँचबुँदे घोषणापत्र जारी गर्नुभएको थियो । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि क्षेत्रीले सपथग्रहण गराउनुभएको थियो ।
17अधिवेशन समारोहको पूर्वसन्ध्यामा भएको बन्द सत्रमा निःशुल्क वाइफाई प्रोजेक्ट, बिश्वब्यापी एकरुपताका लागि संस्थाको नाम संशोधन गरी मोना गर्ने सम्बधमा र नयाँ कार्यसमितिको गठन सम्बन्धमा गरी तीन सेशनमा घनिभूत छलफल भएको थियो । छलफलमा उठेका जिज्ञासा, टिप्पणीहरुको सभाध्यक्ष तथा केन्द्रबाट आएका पदाधिकारीहरुले स्पष्ट पार्नुभएको थियो । बन्दसत्रमा उपस्थित प्रतिनिधिहरुको लामो छलफल र बहसबाट सर्बसम्मत कार्यसमितिको गठन, वाइफाई प्रोजेक्टलाई जापानबाट सक्दो सहयोग गर्न कार्यदलको निर्माण र संस्थाको नामलाई रुपान्तरण गरी मोना गरियोस् भन्ने नामावली संशोधन प्रस्तावलाई पारित गरेको हो । अन्यन्त संबेदनशील मानिएको नामावली संशोधन प्रस्तावलाई बन्द सत्र हुँदै नयाँ कार्यसमितिसम्म खुल्ला राखी छलफलका लागि अन्तिमसम्म मौका दिईएको थियो । नयाँ कार्यसमितिले समेत सर्बसम्मत पारित गरेपछि मात्र उक्त प्रस्तावलाई घोषणा गरिएको थियो ।
अधिवेशनले दिएको म्याण्डेट अनुसार २००७ सालमा स्पापना भई जापानको नेपाली समुदायमा म्याग्देलीहरुको संस्थाको रुपमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको म्याग्देली सञ्जाल जापान अब उप्रान्त म्याग्देली प्रवासी नेपाली संघ (मोना) जापानका नामले चिनिने भएको छ । त्यसो भन्दैमा म्याग्देली सञ्जालको इतिहास भने मेटिने छैन संस्थाको स्थापना मिति र लोगोमा इतिहासलाई समेटिने बताईएको छ ।

टोकियो रोधी क्लवको सभाकक्षमा भएको अधिवेशन समारोह लगत्तैको च्यारिटी डिनर कार्यक्रममा सञ्जय गुरुङ, शान्तिश्री परियार, देवराज आले मगर, शिला गुरुङ, सोना केसी, सलिना नेपाली, बम पुन, हिराबहादुर श्रीष लगायतका रोधी क्लवका कलाकारहरुको साँगीतिक प्रस्तुतीमा सहभागीहरुले भरपुर मनोरञ्जन लिएका थिए ।***
1
20 15 2 1014Artists Ok OkOkArtistsArtits 1

तपाईको प्रतिक्रिया