टोकियो- नेपाल, जापान तथा विभिन्न देशमा रहेका नेपाली समुदायमा आइपर्ने समस्याको समाधान, सहयोग तथा सामाजिक कार्यमा हातेमालाे गर्ने उदेश्य सहित जापानको सिजुओका क्षेत्रमा रहेका नेपालीहरुको सक्रियतामा ‘एभरेस्ट फुजी सोसाइटी’ जापान गठन भएको छ । बिशेषगरी प्रवासमा रहँदा नेपालीहरुलाई विभिन्न समयमा पर्ने गरेकोले उक्त समस्या समाधानमा सहयोगी बन्न सोसाइटीको गठन गरिएको हो ।
सिजुओका केनको हामामात्चुस्थित नेपाली रेस्टुरेन्ट ‘एभरेष्ट नान हाउस’मा भएको भेलाले शुक्र राईको अध्यक्षतामा सोसाइटी गठन गरेको हो । सोसाइटीको उपाध्यक्षमा भुपेन्द्र कुमार गोले, सचिबमा निराजान भण्डारी, सह सचिबमा मनिष घिमिरे, कोषाध्यक्षमा कमल घिमिरे तथा सह कोषाध्यक्षमा राजेश थापा चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा दीपिन्शा रानाभाट, जयन्ती श्रेष्ठ, सोम ढकाल, बील गुरुङ, महेश चापागाईं, रबिन्द्र भुसाल, रेशम सुनार, कमल श्रेष्ठ र इश्वर ढकाल रहेका छन् । सोसाइटीको सल्लाहकारमा केबी लिम्बु रहेका छन् ।***