Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – एभरेष्ट इन्टर्नेशनल स्कुल जापानले स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गर्दै गर्दा बढ्दो बिद्यार्थी संख्यालाई ध्यानमा राख्दै कक्षा कोठा बिस्तार गरेको छ ।9

टोकियो सुगिनामी वार्डको आशागायामा रहेको सो स्कुल भवनमा उपलब्ध कक्षा कोठाहरु अब पर्याप्त नहुने भएकोले उपल्ला कक्षाका लागि सोही वार्डकै ओगिकुबोमा बिस्तार गरिएको हो ।
उपल्ला कक्षाका विद्यार्थीहरुका लागि नयाँ ठाउँमा भाडामा लिई बिस्तार गरिएको स्कुल भवनको शनिवार एक समारोहका बिच उक्त स्कुलका सञ्चालक समितिका अध्यक्ष डा. भूपालमान श्रेष्ठले उदघाटन गर्नुभयो । अध्यक्ष डा. श्रेष्ठले स्कुलको होर्डिङ बोर्ड खोलेर उदघाटन गर्नुभएको हो ।

यसअघि स्कुलका प्रिन्सिपल प्रदिप थापाले नयाँ ठाउँमा बिस्तार गरिएको कक्षा कोठाका बारेमा र स्कुलको पछिल्ला गतिबिधिका बारेमा जानकारी गराउनुभएको थियो । यहि अप्रिल महिनादेखि नयाँ शैक्षिक सत्र सुरुभएसंगै अब ३, ४, ५ र ६ कक्षाको पठनपाठन नयाँ ब्लकमा हुने बताउँदै उहाँले त्योभन्दा तल्ला कक्षाहरु भने आशागाया स्थित साबिकै भवनमा पढाई हुने जानकारी दिनुभयो ।

नेपाली पाठ्यक्रमअनुसार विगत तीन वर्षदेखि पढाई हुँदै आएको एभरेष्ट स्कुलमा नयाँ शैक्षिक सत्रबाट विद्यार्थीको संख्या १४० पुगेको बताईएको छ ।

विद्यार्थी, शिक्षक, अभिभावक र प्रोमोटरहरुको उपस्थिति रहेको एक समारोहका बीच स्कुलको नयाँ ब्लकको उदघाटन गरिएको हो । नयाँ शैक्षिक सत्रमा प्रवेश गरेको उपलक्षमा आगामी साता स्कुलले एक बिशेष समारोहको आयोजना गरी विद्यार्थीहरुको वार्षिक परिक्षाफल सार्बजनिक गर्ने भएको छ ।

एभरेष्ट इन्टर्नेशनल स्कुलको सञ्चालन जापानमा नेपाली समुदायको सामुहिक लगानीमा भएको एक उदाहरणीय कार्य मानिन्छ । जापानमै बसेर आफ्नो भाषा, सँस्कृति र अपनत्वलाई कायमै राख्दै नेपाली नानीबाबुहरुलाई अन्तर्राष्ट्रिय स्तरको पठनपाठन गराउन एभरेष्ट स्कुलले जापानको नेपाली समुदायमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताईन्छ । उसो त एभरेष्ट स्कुलमा जापानी विद्यार्थीहरु पनि दर्जनभन्दा बढि अध्ययनरत छन् । ***
18 13

12 7 6 5 4 15 14

तपाईको प्रतिक्रिया