Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

टोकियो-हरेक वर्ष नेपाली नयाँ वर्षको अवसरमा जापानकाे फुकुअाेकामा हुँदै अाईरहेकाे वैशाखी मेला यस वर्ष पनि हुने भएकाे छ । यही अप्रिलको १७ तारिक अाईतवार हुन गईरहेको मेला छैटाैं मेला हाे । त्यसाे त यस पटककाे मेलालाई ‘करी फेस्टिवल’ काे रूपमा मनाउन लागिएकाे कुरा वैशाखी मेलाका संयाेजक रामकृष्ण श्रेष्ठले  समुद्रपारिलाई बताउनुभयाे ।

फुकुअाेका नेपाल साेसाइटी र वंगालादेशीहरूकाे संयुक्त अायाेजनामा हुन गईरहेकाे मेलामा अघिल्लाे वर्षहरूमा जस्ताे गाजावाजा सहित अा-अाफ्नो देशकाे पहिरनमा परेड गरिनुका साथै करीका स्टलहरू (पकाइएकाे तरकारीकाे स्टल) पनि रहनेछ । वैशाखी मेला भव्यताका साथ सफल पार्नकाे लागि फुकुअोका क्षेत्रमा रहेका सक्रिय नेपाली संघसंस्थाहरूकाे हालै एक भेला पनि सम्पन्न भएको छ ।

भेलामा एनअारएन क्युसुका संयाेजक किरण वर्मा, फुकुअाेका नेपाल साेसाइटीका अध्यक्ष सुन्दरमणि रेग्मी, जापान नेपाल युथ ह्याण्ड्सका उपाध्यक्ष ग्याम्जाे लामा, प्रवासी कलाकार संघका अध्यक्ष हिमाल जि.सी., तमुधिं क्युसुका सदस्य सन्ताेष गुरूङ, तामाङ साेसाइटी तथा भेटघाट वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु तामाङ, फुकुअाेका नेपाल साेसाइटीका पूर्व अध्यक्ष छत्र दाहाल, जनप्रगितशील मोर्चा क्युसुका संयाेजक नवराज गाैतम लगायतकाे उपस्थित रहेकाे थियाे ।

गाैतम वुद्धकाे जन्मभूमि, विश्वकाे सर्वोच्च शिखर सगरमाथाकाे देश नेपाललाई सबै माझ चिनाउने, संस्कृतिक र पर्यटन प्रवद्धन गर्ने हेतुले यस कार्यक्रमको आयोजना गर्न लगिएको हुनाले क्युसु क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरूलाई विहान १० बजे नै उपस्थिति भइदिन अायोजकले अनुरोध गरेकाे छ ।***

तपाईको प्रतिक्रिया