Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

IMG_4809

काठमाडौं – केही दिनदेखि काठमाडौं उपत्यका तुवाँलोले डम्म थियो । विहान–दिउँसो–वेलुकी जुनसुकै समयमा पनि उपत्यकालाई तुवाँलोले छाडेको थिएन र धुमिल बनेको थियो परिवेश । तर, सोमबारको हावाहुरीले सबै तुवाँलो हटाइदिएको छ र मंगलबार विहानैदेखि छर्लङ्ग बनेको छ काठमाडौं ।
सोमबार अपरान्ह करीब एक घण्टा आएको हुरी र सामान्य वर्षापछि मंगलबार खुलेको काठमाडौं हेर्न धेरै उपत्यकावासीहरु डाँडातिर उक्लिए । कोही स्वयम्भूको उकालो चढे, कोही कीर्तिपुर हाईटतिर त कोही घर कै छतबाट दृश्यावलोकन गरेका दृश्यहरु देखिन्थे । हामी लाग्यौं स्वयम्भूतिर ।
विगतको तुलनामा विहान सवेरै सडकमा स्थानीयहरुको उपस्थिति बाक्लो देखिन्थ्यो । मर्निङवाल्क गर्नेहरु अक्सर बढी नै थिए आज स्वयम्भूमा । आकास खुलेको थियो, जमिन सफा देखिन्थ्यो, वातावरण रमाईलो बनेको थियो आज स्वयम्भूको । स्वयम्भूनाथको दर्शन गर्नेहरुसँगै दृश्यावलोकन गर्नेहरुको भीड पनि उस्तै थियो । पर्यटकहरु समेत रमाएका देखिन्थ्यो । विहानीपख स्वयम्भूमा देखिएका दृश्यहरुलाई फोटो फिचरको रुपमा पस्केका छौं ।

Swoyambhu IMG_4836 IMG_4830 IMG_4821 IMG_4791 IMG_4798 IMG_4818 IMG_4843 IMG_4806

IMG_4839

तपाईको प्रतिक्रिया